"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३७:
=====भानुभक्तीय रामायणमा छन्द=====
नेपाली साहित्यको काव्यधाराको अध्ययनबाट के देखिन्छ भने नेपाली साहित्यमा छन्दको बीज प्राथमिक कालमा अङ्कुरित भएर आधुनिक कालमा पल्लवित एवं पुष्पित हुँदै अद्यावधि अविच्छिन्न रूपमा काव्यको स्थायी सम्पदा बन्दै आएको छ । यसरी हेर्दा प्राथमिक कालीन कविहरूमा भानुभक्त आचार्य नै यस्ता कवि हुन् जसले रामायणमा वार्णिक छन्दको विस्तृत एवं व्यापक प्रयोग गरेर यसको गरिमा बढाएका छन् । रससिद्ध कविका लागि छन्दबन्धन रहँदैन तापनि छन्द गतिको मर्यादा र सजीवताको द्योतक भएको हुनाले कविले आºना कृतिमा आत्मानुभूतिको जीवन्त गतिमय प्रवाहलाई छन्दको मर्यादाभित्र समावेश गराएर विभिन्न छन्दको प्रयोग गरेका छन् ।
भानुभक्त आचार्यले अध्यात्म रामायणमा अत्यधिक प्रयोग भएको अनुष्टुप् छन्दको प्रयोग नगरी उनका पूर्ववर्ती वसन्त जैसीले प्रयोग गरेको '''शार्दूलविक्रीडित''' छन्द र उनी स्वयंले बालक कालमा प्रयोग गरेको शिखरिणी छन्दलाई अधिकतम प्रयोगमा ल्याएका छन् । यी दुईमा पनि सबैभन्दा धेरै ठाउँमा र सबैभन्दा धेरै श्लोकहरूमा शार्दूलविक्रीडित छन्दको प्रयोग भएको छ । यो छन्द नेपालीहरूको जनजिब्रामा टाँसिएको अत्यन्त लोकप्रिय छन्दका रूपमा परिचित छ । रामायणलाई मुखाग्र गरेर मेला–पात, भात–भान्सा, ढिकी–जाँतो, बिहा–बटुलो, पूजा–आजाका अवसरमा यत्रतत्र सर्वत्र गाइएको र गाइने यस छन्दलाई छन्दको राजा मान्न सकिन्छ । गणका रूपमा म स ज स त त गुरु हुने उन्नाइस अक्षरे यस छन्दका प्रत्येक पाउको सातौँ र बाह्रौँ अक्षरमा विश्राम हुन्छ । रामायण महात्म्य, राम–वशिष्ठ सम्बाद, बालकाण्ड र अयोध्याकाण्डका विभिन्न प्रसङ्ग, तथा अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड एवं उत्तरकाण्डका विविध प्रसङ्गमा समेत यस छन्दको प्रयोग भएको पाइन्छ । यसरी हेर्दा भानुभक्तीय रामायणमा शार्दूलविक्रीडित छन्दको प्रयोग अधिकतम रूपमा भएको देखिन्छ ।
यस रामायणमा प्रयोग भएको दोस्रो छन्द '''शिखरिणी''' हो । यो कुरा माथि पनि भनिएको छ । सत्र अक्षरको एक पाउ हुने, गणमा य म न स भ लघु–गुरु हुने र छैटौँ र एघारौँ अक्षरमा विश्राम हुने यो छन्द बालकाण्डको राम–कौशल्या संवादमा र अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, युद्धकाण्ड जस्ता काण्डहरूमा आंशिक रूपमा प्रयोग भएको पाइन्छ । यस छन्दले काव्यलाई अति रुचिकर बनाउँनाका साथै सरसता पनि प्रदान गर्दछ । धेरैजसो करुणरसप्रधान घटनाहरूमा यसको प्रयोग भएको छ । यसको एउटा उदाहरण यसप्रकार छ—
<br />
:गयो खान्या बेला मकन त मिल्यो राज्य वनको
पङ्क्ति ४४:
:बिदा बक्स्या जावस् खुशिसित म जान्याछु वनमा
:म चाँडै फिर्न्याछू बिरह नहवस् कत्ति मनमा ।
भानुभक्तीय रामायणमा '''वसन्ततिलका''' छन्दको पनि प्रयोग भएको छ । योचौध अक्षरको एक पाउ हुने, गण समूहमा त भ ज ज गुरु गुरु हुने र आठ अक्षरमा विश्राम हुने छन्द हो । उदाहरणका लागि तलको श्लोकलाई लिन सकिन्छ—
:जस्को पुजा तुलसि पत्र चढाइ गर्छन्
:उस्ता पनी त भवसागर पार तर्छन् ।
पङ्क्ति ५०:
:सक्नू छ वर्णन गरी यिनको त याहाँ ।
:यो छन्द अंशतः अयोध्याकान्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड र उत्तरकाण्डमा प्रयोग भएको पाइन्छ ।
प्रस्तुत रामायणमा प्रयोग भएको अर्को छन्द '''स्रग्धरा''' हो । यसमा एक्काइस अक्षरको एक पाउ र चार पाउको एक श्लोक हुन्छ । गण समूहमा म र भ न य य य हुने र प्रत्येक सात हक्षरमा विश्राम हुने यो छन्द बालकाण्ड र अरण्यकाण्डमा प्रयोग भएको पाइन्छ । यसको एउटा उदाहरण—
:डेरा देखी भरत्जी तहिं नजिक गया पाउका छाप देख्या
:श्रीराम्का पाउका छाप् चिह्निकन खुशिले माथले ताहिँ टेक्या ।
:भन्छन् धन्यै रह्याँछू सहज नमिलन्या पाउका छाप देख्याँ
:ब्रह्माजीले नपाउनू छ त पनि सहजै माथले आज टेक्याँ ।।
पन्द्र अक्षरको एक पाउ हुने र चार पाउको एक श्लोक हुने '''मालिनी''' छन्दको गण समूहमा न न म य य हुन्छ भने प्रत्येक पाउको सातौं र आठौं अक्षरमा विश्राम हुन्छ । यो छन्द विशेष गरी सुन्दरताको वर्णनमा प्रयोग भएको पाइन्छ र भानुभक्तले पनि लङ्का शहरको सुन्दरताको वर्णनमा यस छन्दको प्रयोग गरेका छन्, जस्तै—
:घर पनि सुनकै छन् गल्लि जो छन् सुनैका
:मणिजडित हुनाले झन् असल् छन् कुनैका ।
:घुमि घुमिकन हेर्याँ सब् बगैंचा तलाऊ
:सहजसित कसैको केही लाग्दैन दाऊ ।।
एघार अक्षर हुने, गण समूहमा त त ज गु गु हुने र पाचौँ र छैटाँ अक्षरमा विश्राम हुने '''इन्द्रवज्रा''' छन्द भानुभक्तीय रामायणको बालकाण्ड, अयोध्याकाण्ड र युद्धकाण्डमा अंशतः प्रयोग भएको पाएन्छ । यसको एउटा उदाहरण—
:ईश्वर् तिमी हौ रघुनाथ् इ भाई
:लक्ष्मण त शेष् हुन् करुणा जनाई ।
पङ्क्ति ६६:
:यो रुप् भजन्र गर्न बनाइदीयौ ।।
यसरी भानुभक्तीय रामायणमा छबटा छन्दहरूको सफल प्रयोग भएको पाइन्छ । यसबाट भानुभक्तका उत्तरवर्ती कविहरूमा पनि प्रभाव पर्ने कुरा अझै पनि यथावत् रहिरहेको छ ।
 
=====रामचरितमानसमा छन्द=====
तुलसीदासको रामचरितमानस आख्यानात्मक संरचना भएको महाकाव्य हो । यसमा शास्त्रीय छन्द र लोकछन्द दुबैको प्रयोग भएको छ । आख्यानात्मक संरचना भएको काव्यका निमित्त दोहा र चौपाईलाई उपयुक्त ठहर्याई मानसभित्रका यावत् आख्यानात्मक प्रसङ्गमा तुलसीले सेही अनुसार प्रयोग गरेका छन् । रससिद्ध कविका लागि छन्द-बन्धन स्वीकार्य हुदैन तापनि तर छन्द गतिको मर्यादा हो । गति सजीवताको द्योतक हो, त्यसैले तुलसीले आफ्नो काव्यमा छन्दको समुचित निर्वाह गरेका छन् । उनले बिचबिचमा प्रसङ्गानुसार अन्य छन्दको पनि प्रयोग गरेका छन्, जसअनुसार मात्रिक छन्दमा चौपाई, तोमर, कवित्त, छप्पय, डिल्ला, त्रिभंगी, हरिगीतिका आदि र वार्णिक छन्दमा इन्द्रवज्रा, तोटक, भुजङ्गप्रयात, मालिनी, वसन्ततिलका, वंशस्थ, शार्दूलविक्रीडित, स्रग्धरा, अनुष्टुप् जस्ता छन्दहरू रहेका छन् । रामचरितमानसमा छन्दहरूको स्थितितर्फ सङ्केत गर्दै प्रारम्भमा तुलसीदास स्वयंले यस्तो उद्घाष गरेका छन्— '''छन्द सोरठा सुन्दर दोहा । सोइ बहुरङ्ग कमलकुल सोहा''' (तिवारी...पूर्ववत्)। <ref>तिवारी,डा.रामचन्द्र (सन् १९९९ : ८६), '''कथा रामकै गूढ''', वाराणसी : विश्वविद्यालय प्रकाशन</ref> वास्तबमा कविको उद्गार सटीक, सार्थक र उपयुक्त देखिएको छ, किनभने छन्द, सोरठा, दोहाजस्ता सुन्दर कमलहरू काव्यरूपी सरोवरका शोभा हुन् ।