"जुका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Hirudinea}}
पङ्क्ति ११:
==पानी जुका (2)==
जुका [[:en:Annelida|एनिलिडा]] समुह अन्तर्गत पर्ने [[प्राणी]] हो। प्राय पहाडी भू-भागमा वर्षायाममा पाइने यो जुकालाई पानी जुकाको नाम दिएको पाइएता पनि यो जुका पानीमा बस्दैन पानीको आसपास भने बस्छ। यो जुका पनि पानीमा बस्ने पहाडी जुका जस्तै हुन्छ तर यो जुका टाउको र पुछर टेकेर खानाको खोजीमा एक ठाउँ देखि अर्को ठाउँमा विचरण गर्न सक्छ। यो जुकाले अन्य जीवहरूको बाहिरिए शरीरमा टाँसिएर रगत चुस्ने गर्छ। शरीर पानीले भिजेको छ अथवा चिसो छ भने शरीरमा जुकाको प्रवेश थाह पाउन आँखाले न देखे सम्म असम्भव हुन्छ। सुखेको ओबानो शरीरमा भने जुकाको प्रवेश स्पर्ष बाट थाहा पाउन सकिन्छ। जीव जनावरहरू तथा मान्छेको आवात जावत गर्ने बाटोमा यो जुका आहाराको प्रतिक्षा गर्छ। कसैको आवागमनको चाल पाउने बित्तिकै छिटो छिटो शरीरमा टाँसीएर रगत चुस्न शुरू गर्छ। करिब आधा घण्टासम्म रगत चुसेर टन्न भुँडी भरेर झर्छ। जुका झरे पछि जुकाले खाएको भन्दा बढी रगत बगेर जान्छ। यो जुका पहाडी प्रदेशमा [[बैशाख]] देखि [[असोज]] सम्म देखिन्छ। त्यस पछि चिसो र सुखा याममा यो ढुङ्गामुनी अथवा कुनै पनि सेपीलो ठाउँमा बस्छ। भनिन्छ जुकालाई टोकाएर रक्त विकार (रगत खराबीको कारणले हुने) सम्बन्धीका रोगहरू निको बनाउन सकिन्छ। कोहि कोहिले सानो तिनो घाउ खटिरा भएर पाक्न थालेमा जुकालाई त्यो ठाउँमा टोकाउने गरेको देखिन्छ। जुकालाई काटेर जती टुक्रा बनायो त्यती नै जुका बन्दछन् भन्ने भनाई रहेको छ।
[[en:Leech]]
 
==पानी जुका (3)==
यो जुका तराई क्षेत्रमा गर्मीयामको बेला पानी जमेको ठाउँमा जस्तै ताल, पोखरी, धानको खेत आदी ठाउँमा पानीमा बस्छ। यो जुका पानीमा माछा जस्तै पौडीन सक्छ, यो जुका पहाडी पानी जुका भन्दा भिन्न प्रजातीको जुका हो। यो जुका पहाडी जुकाको अपेक्षा बिषालु पनि हुन्छ।
==हेर्नुहोस्==
{{जनावरहरू}}
{{Commonscat|Hirudinea}}
 
[[श्रेणी:परजीवी]]
[[श्रेणी:कीरा]]
 
[[en:Leech]]
"https://ne.wikipedia.org/wiki/जुका" बाट अनुप्रेषित