"ड्रागनफल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Pitaya cross section ed2.jpg|thumb]]
 
मेक्सिकोबाट एशियाका ताइवान, भियतनाम, फिलिपिन्स, चीन, मलेशिया, श्रीलंका, थाइल्याण्ड, जापान, इजरायल र अष्ट्रेलियासम्म पुगेको ड्रागनफल तीन प्रजातिको हुन्छ–
*हाइलोसिरियस अण्डेटस,
*हाइलोसिरियस कोस्टारिसियस र
*हाइलोसिरियस मेधालान्थस। मेधालान्थस

यसमध्ये नेपालमा खेती गरिने हाइलोसिरियस अण्डेटस हो। ड्रागनफल सिउँडी (क्याक्टस) परिवारको वनस्पति हो। नेपालको तराईतिर देखिने ड्रागनफलसँग मिल्दोजुल्दो सिउँडी फुल्छ, तर फल्दैन।

क्यान्सर विरोधी एन्टिअक्सिडेन्ट गुण रहेको ड्रागनफलमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, रेसा, खरानी, क्यालोरिज, क्याल्सियम, फलाम, फस्फोरस, भिटामिन बी थ्री र भिटामिन सी पाइन्छ। राति फुल्ने हाइलोसिरियस अण्डेटसको फूल १२ घण्टा रहन्छ। फूल ओइलाएको ३०/३५ दिनमा ड्रागनफल पाक्न थाल्छ। नरम र हल्का गुलियो हुने यो फल जेठदेखि असोजसम्म फल्छ। १५० ग्रामदेखि ५०० ग्रामसम्मको हुने ड्रागनफल एक सिजनमा ५/६ पटक टिप्न सकिन्छ। फल काँचोमा हरियो र पाकेपछि प्याजी रङको हुन्छ। प्रति किलो न्यूनतम रु.५०० पर्ने ड्रागनफलको भित्री खाने भाग सेतो र रातो हुन्छ। हाइलोसिरियस अण्डेटसको खाने भाग सेतो हुन्छ भने अरूको रातो। दुवै रंगको खाने भागमा तिल मिसाएको जस्तो छिर्केमिर्के हुन्छ।
 
गरम मौसम सिंचाइ अभाव भएका ठाउँहरू ड्रागनफल उत्पादनका लागि उपयुक्त हुन्छ। एक वर्षभित्रै फल्न थाल्ने यो फल एक पटक रोपेपछि त्यसैबाट सजिलै अरू बिरुवा निकाल्न सकिन्छ |
 
[http://nepalihimal.com/article/2137 ड्रागनफल]
"https://ne.wikipedia.org/wiki/ड्रागनफल" बाट अनुप्रेषित