"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११८:
:तदपि सकोच समेत कबि कहहिं सीय समतूल <ref>तुलसीदास,....पूर्ववत् (२०४६ : पूर्ववत्२४७),......पूर्ववत्</ref>।।
कवि सीताको उपमाका निमित्त उपयुक्त सुन्दरी नारीको खोजी गर्दछन् । उनी लक्ष्मीलाई पनि सीताको उपमानयोग्य पाउँदैनन् । उपर्युक्त कविताको नेपाली रूपान्तर— समुद्रबाट उत्पन्न लक्ष्मी कसरी सीताको उपमायोग्य हुन सक्छिन् ? उनका बाबु समुद्र नुनिला छन् । जुन समुद्रमन्थनका लागि भगवान्ले कठोर पिठ्युँ भएको कछुवाको रूप धारण गरेको थियो, विषधर वासुकी नागको डोरी बनाएको थियो, अतिशय कठोर मन्दराचल पर्वतलाई मधानीका रूपमा प्रयोग गरिएको थियो र सारा देवता र राक्षस मिलेर मन्थन गरेका थिए । जुन लक्ष्मीलाई अतिशय शोभाकी खानी एवं अनुपम सुन्दरीका रूपमा लिइन्छ, तर उनलाई प्रकट गर्न प्रयोग भएका उपकरणहरू असुन्दर र स्वभावैले कठोर छन् । यस्ता उपकरणबाट प्रकट भएकी लक्ष्मी सीता समान कसरी हुन्छिन् । यसप्रकारका संयोगबाट जब सुज्दरता तथा सुखकी मूल लक्ष्मी उत्पन्न भएकी छिन् तापनि कविहरू उनलाई सङ्कोचका साथ सीताको उपमानका रूपमा प्रयोग गर्छन् । महाकवि तुलसीदासको यसप्रकारको प्रयोगलाई टीकाकार हनुमानप्रसाद पोद्वारले '''अभूतोपमालङ्कार'''को संज्ञा दिएका छन् । यसरी हेर्दा तुलसीदासले (शुद्ध) अलङ्कारको मात्र प्रयोग नगरी अलङ्कार–ध्वनिको अधिकतम प्रयोग गरेका छन् । तुलसीदास यस्ता शृङ्गारिक कवि हुन् जसले गरेको सीताको शृङ्गार वर्णन एउटा मातृभक्त छोराले आफ्नी आमाको शृङ्गारिक वर्णन गरेजस्तै छ ।
==भानुभक्तीय र तुलसीकृत रामायणको सूत्रात्मक तुलना==
{| class="wikitable"
|-
! क्र.सं.!! भानुभक्तीय रामायण !! क्र.सं. !! तुलसीकृत रामायण
|-
| १ || || १ ||
|-
| २ || || २ ||
|-
| ३ || || ३ ||
|-
| ४ || || ४ ||
|-
| ५ || || ५ ||
|-
| ६ || || ६ ||
|-
| ७ || || ७ ||
|-
| ८ || || ८ ||
|-
| ९ || || ८ ||
|}
 
==सन्दर्भ सामग्रीहरू==