"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९४:
:उपर्युक्त उदाहरणमा करुण रस र भक्ति रस दुबै समाहित छन् । यस रामायणमा पनि भानुभक्तीय रामायणमा झैँ विभिन्न रसको परिपाक भएको छ । यसमा अङ्गी रस कुन हो ? भन्नेबारे दुई मत हुन सक्छन् । कसैले यसलाई वीरगाथा मानी वीररस नै अङ्गी हो भन्न सक्छ र कसैले भक्तिरसलाई प्रधानता दिन सक्छ । भक्ति रसका निमित्त अपेक्षित मानिने रागात्मक तल्लीनता यहाँ प्रचूर मात्रामा रहेकाले यो रामायण भक्ति रसमा आप्लावित छ भन्दा फरक नपर्ला । किनभने यो रामायण पढेर अन्ततः जाग्रित हुने भाव भनेको रामभक्ति नै हो । नवरसकै समायोजन भएको प्रस्तुत रामायण भक्तिरसमा पूर्णतः आप्लवित छ भन्न सकिनछ ।
====अलङ्कारविधान====
काव्यका सन्दर्भमा '''अलङ्कार''' भनेकोशब्दको तात्पर्य काव्यको गहना वा आभूषण हो । काव्यमा गहना भनेको भाषागत काव्यसौन्दर्य हो । अर्थात् काव्यको शोभा गराउने धर्मलार्इ अलङ्कार भनिन्छ । <ref> व्याख्याकार मिश्र, रामचन्द्र (सन् १९८४ तृ.सं.), '''काव्यादर्श''', वाराणसी : चौखम्बा विद्या भवन </ref>यो काव्य वा साहित्यको अभिव्यक्ति पक्षसँग सम्बतन्धित शिल्प–सौन्दर्यको चमत्कृति प्रदान गर्ने तत्त्व हो तर कतिपय सन्दर्भमा साहित्यका रसध्वनि जस्ता आन्तरिक तत्त्वसँग पनि अभेद्य रूपमा संश्लिष्ट भएर देखा पर्न सक्ने प्रवृत्ति यसमा हुन्छ ।
=====भानुभक्तीय रामायणमा अलङ्कार=====
अलङ्कारलाई मूलतः शब्दालङ्कार र अर्थालङ्कारमा विभाजन गरी अध्ययन गर्ने गरेको पाइन्छ । भानुभक्तीय रामायणमा शब्दालङ्कारको अन्त्यानुप्रास अलङ्कार यत्रतत्र सर्वत्र प्रयोग भएको पाइन्छ । यस रामायणको प्रमुख आलङ्कारिक विशेषता भनेको नै अन्त्यानुप्रासको सुन्दर प्रयोग हो । यसबाहेक कतैकतै छेकानुप्रासको प्रयोग पनि भएको देखिन्छ, जस्तै—
:भ्रमरहरू लताका फूलमा हल्ली हल्ली
:घुनुनु घुनुनु गर्दै हिंड्दछन् बल्लि बल्लि<ref>तुलसीदास,....पूर्ववत् (२०४६ : (सुन्दरकाण्ड १६ ),......पूर्ववत्</ref>।।
भानुभक्तीय रामायणमा अर्थालङ्कारका सुन्दर प्रयोगहरू प्रसस्तै पाइन्छन् । यसबाट काव्यमा प्राकृतिक सुन्दरता थपिएकोथनिपिएको पाइन्छ । अर्थालङ्कारका केही उदाहरण यसप्रकार छन्—
:राग् द्वेष्का भेल चल्छन् भँवरि सरि यि युग् घुम्दछन् बीचमाहाँ ।
:पुत्रादि मत्स्यझैं छन् रिस पनि वडवानल् सरीको छ ताहाँ ।।