"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७३:
<br />
छन्दप्रयोगका दृष्टिले देर्दा भानुभक्तीय रामायणमा वार्णिक छन्दको मात्र प्रयोग भएको देखिन्छ भने मानसमा वार्णिक मात्रिक दुबै प्रकारका छन्दको प्रयोग भएको पाइन्छ । भानुले सबै प्रसङ्गमा वार्णिक छन्दको प्रयोग गरेका छन् भने तुलसीले भगवत् स्तुतिहरूमा मात्र वार्णिक छन्दको प्रयोग गरेर अन्य सबै प्रसङ्गमा बहु प्रचलित एवं लोकप्रिय उपर्युक्त मात्रिक छन्दको प्रयोग गरेका छन् । तुलसीद्वारा संस्कृत भाषामा प्रयुक्त वार्णिक छन्दमा कहीँ कतै पनि छन्दभङ्ग भएको पाइदैन, तर भानुभक्तद्वारा नेपाली भाषामा प्रयुक्त वार्णिक छन्दमा कतैकतै छन्दभङ्ग भएको र अधिकांश ठाउँमा अपि माषं मषं कूर्यात् छन्दोभङ्ग नकारयेत् भन्ने सिद्धान्त लगाएर पनि छन्दभङ्ग हुन दिएको छैन । भानुभक्तको यो छन्द सम्बन्धी सचेतता प्रशंसनीय छ ।
 
====रसविधान====
'''....रसो वै सः । रसो ह्येवायं लब्ध्वाऽऽनन्दी भवति''' । <ref>कल्याण उपनिषद् अङ्क ११ औं पुनर्मुद्रण (सं. २०६८ : ३४९), '''तैत्तिरीयोपनिषद् सप्तम अनुवाक्''', गोरखपुर,भारत : गीताप्रेस</ref>अर्थात् त्यो(ब्रह्म) नै रस हो । रसलाई पाएर नै त्यो आनन्दमग्न हुन्छ । सुप्रसिद्ध गौडीय वैष्णव आचार्य रूपगोस्वामीले भक्ति रसलाई रसतत्व प्रदान गरेको पाइन्छ । उनको कृति हरिभक्तिरसामृत सिन्धुमा भक्तिरसलाई शास्त्रीय रूप प्रदान गरिएको छ । उनले भक्ति रसलाई मूल रस र अन्य नव रसलाई भक्ति रसमा अन्तर्निहित रस मानेका छन् । त्यसैगरी मधुसूदन सरस्वती (१६०० इ) पनि भक्ति रसलाई शास्त्रीय रूप प्रदान गर्ने अर्का विद्वान् हुन् । केही आचार्यहरूले भक्तिरसलाई शान्तरसभित्रै अन्तर्भाव गरेका छन् । <ref>नेपाली साहित्यकोश (२०५५ : ५४४/४५), '''भक्ति रस''', काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान</ref> अभिनवगुप्तले शान्तरसभित्र भक्तिरसलाई राखेर धृति, मति, स्मृति तथा उत्साहभित्र यसको अन्तर्भाव गरेका छन् भने आचार्य जगन्नाथले भक्तिरसको स्थायिभाव अनुराग र शान्तरसको स्थायिभाव वैराग्य वा निर्वेद भएकाले शान्तरसभित्र भक्तिरस अन्तर्भूत हुन सक्तैन भन्ने तर्क राखेका छन् । त्यसैले भक्तिरस र शान्तरस भिन्नभिन्न स्थयीभावको परिपाकमय अवस्था हुन् भन्न सकिन्छ।