"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९०:
(अर्थात् हनुमान्ले सीतालाई देखेर मनमनै प्रणाम गरे । उनी (सीता) जागै बसेर चार प्रहर रात बिताउँथिन् । शरीर दुब्लो भएको थियो । सिरमा जटा बाँधेकी थिइन् । उनी मनमनै रघुनाथजीका गुणहरूको स्मरण/कीर्तन गर्थिन् ) ।
:उपर्युक्त उदाहरणमा करुण रस र भक्ति रस दुबै समाहित छन् । यस रामायणमा पनि भानुभक्तीय रामायणमा झैँ विभिन्न रसको परिपाक भएको छ । यसमा अङ्गी रस कुन हो ? भन्नेबारे दुई मत हुन सक्छन् । कसैले यसलाई वीरगाथा मानी वीररस नै अङ्गी हो भन्न सक्छ र कसैले भक्तिरसलाई प्रधानता दिन सक्छ । भक्ति रसका निमित्त अपेक्षित मानिने रागात्मक तल्लीनता यहाँ प्रचूर मात्रामा रहेकाले यो रामायण भक्ति रसमा आप्लावित छ भन्दा फरक नपर्ला । किनभने यो रामायण पढेर अन्ततः जाग्रित हुने भाव भनेको रामभक्ति नै हो । नवरसकै समायोजन भएको प्रस्तुत रामायण भक्तिरसमा पूर्णतः आप्लवित छ भन्न सकिनछ ।
====अलङ्कारविधान====