"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८७:
तुलसीदास यस्ता व्यक्ति हुन्, जसले राम–नाम, राम–प्रताप, राम–महिमा, राम–कीर्ति, राम–चरित्र जस्ता कुराको वर्णन गर्नु नै आºनो काव्यलक्ष्य मानेका छन्; तर यसो हुँदाहुँदै पनि रामचरितमानसमा काव्य–कलाका सम्पूर्ण तत्त्वको सहज सन्निवेश रहेको देख्न सकिनछ । शब्दचयन, वाक्यसंघटन, उक्ति तथा मुहावराको सुन्दर प्रयोग, भावानुकूल भाषाको प्रयोग, संवाद–योजना, अलङ्कार–योजना आदि सवै दृष्टिबाट प्रस्तुत काव्य बेजोड देखिन्छ । अलङ्कार प्रयोगमा चाहे उपमा होस् या रूपक, उत्पे्रक्षा होस् या निदर्शना, सहोक्ति होस् या विनोक्ति, उदाहरण होस् या दृष्टान्त, मानस महाकाव्य सबैमा अनुपम रहेको थाहा पाइन्छ । मानसमा प्रयुक्त अलङ्कारमध्ये रूपक अलङ्कारको एउटा सुन्दर दृष्टान्त हेरौँ :
:रामकथा सुन्दर कर तारी । संशय विहग उडाव निहारी ।।
:रामकथा कलि विटप कुठारी । सादर सुनु गिरिराजकुमारी <ref>तुलसीदास,....पूर्ववत् (२०४६ : बालकाण्ड ११३÷१११३/१) ,......पूर्ववत्</ref>।।
(अर्थात् श्रीरामको कथा हातको सुन्दर ताली हो, जसले संदेहरूपी पक्षीलाई उडाइदिन्छ, त्यसरी नै श्रीरामको कथा एउटा यस्तो खुकुरी हो, जसले कलियुगरूपी वृक्षलाई छेदन गर्छ । (त्यसैल) हे पार्वती ? आदरपूर्वक रामकथा सुन) ।
कवि तुलसीदासले अलङ्कार प्रयोग गर्नुको उद्देश्य अलङ्कारको चमत्कार देखाउनु नभएर सीताको अलौकिक सौन्दर्यको व्यञ्जना प्रस्तुत गर्नु रहेको छ । वास्तबमा अलङ्कार प्रयोग गर्नु भनेको चमत्कार देखाउनु होइन, किनभने अलङ्कार साधन मात्र हो, साध्य चाहिँ अलङ्कार्य हो । सीताको सौन्दर्यको वर्णन गर्ने क्रममा तुलसीदासले प्रयोग गरेको एउटा अतुलनीय अलङ्कारको नमुना यसप्रकार रहेको छ :
:जौं छवि सुधा पयोनिधि होई । परम रूप–मय कच्छप सोई ।।
:सोभा रजु मंदरु सिंगारू । मथै पाणि–पैकज निज मारू <ref>तुलसीदास,....पूर्ववत् (बालकाण्ड२०४६ : पूर्ववत् २४६÷४२४६/४),......पूर्ववत्</ref>।।
:एहि विधि उपजै लच्छि जव सुन्दरता सुख मूल ।
:तदपि सकोच समेत कबि कहहिं सीय समतूल <ref>तुलसीदास,....पूर्ववत् (ऐजन२०४६ २४७): पूर्ववत्२४७),......पूर्ववत्</ref>।।
कवि सीताको उपमाका निमित्त उपयुक्त सुन्दरी नारीको खोजी गर्दछन् । उनी लक्ष्मीलाई पनि सीताको उपमानयोग्य पाउँदैनन् । उपर्युक्त कविताको नेपाली रूपान्तर— समुद्रबाट उत्पन्न लक्ष्मी कसरी सीताको उपमायोग्य हुन सक्छिन् ? उनका बाबु समुद्र नुनिला छन् । जुन समुद्रमन्थनका लागि भगवान्ले कठोर पिठ्युँ भएको कछुवाको रूप धारण गरेको थियो, विषधर वासुकी नागको डोरी बनाएको थियो, अतिशय कठोर मन्दराचल पर्वतलाई मधानीका रूपमा प्रयोग गरिएको थियो र सारा देवता र राक्षस मिलेर मन्थन गरेका थिए । जुन लक्ष्मीलाई अतिशय शोभाकी खानी एवं अनुपम सुन्दरीका रूपमा लिइन्छ, तर उनलाई प्रकट गर्न प्रयोग भएका उपकरणहरू असुन्दर र स्वभावैले कठोर छन् । यस्ता उपकरणबाट प्रकट भएकी लक्ष्मी सीता समान कसरी हुन्छिन् । यसप्रकारका संयोगबाट जब सुज्दरता तथा सुखकी मूल लक्ष्मी उत्पन्न भएकी छिन् तापनि कविहरू उनलाई सङ्कोचका साथ सीताको उपमानका रूपमा प्रयोग गर्छन् । महाकवि तुलसीदासको यसप्रकारको प्रयोगलाई टीकाकार हनुमानप्रसाद पोद्वारले अभूतोपमालङ्कारको संज्ञा दिएका छन् । यसरी हेर्दा तुलसीदासले (शुद्ध) अलङ्कारको मात्र प्रयोग नगरी अलङ्कार–ध्वनिको अधिकतम प्रयोग गरेका छन् । तुलसीदास यस्ता शृङ्गारिक कवि हुन् जसले गरेको सीताको शृङ्गार वर्णन एउटा मातृभक्त छोराले आफ्नी आमाको शृङ्गारिक वर्णन गरेजस्तै छ ।