"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हिज्जे जाँच्दै, replaced: को → को स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
|||
पङ्क्ति २९:
औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामर्थ्य प्राप्त गरेका थिए।
==जीवन==
समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ। नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए। उनी रेडियो नेपालका निर्देशक र [[गोरखापत्र]]का सम्पादक पनि भएका थिए। दश वर्षमा कविता लेखी साहित्यिक यात्रा सुरु गरेका समको वि.सं. १९७७मा लेखिएको '
==कृतिहरू==
डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा [[मुटुको व्यथा]] (१९८६), [[मुकुन्द-इन्दिरा]] (१९९४), [[प्रह्लाद (नाटक)|प्रह्लाद]] (१९९५), [[अन्धवेग]] (१९९६), [[भक्त भानुभक्त]] (२०००), [[प्रेमपिण्ड]] (२००२), [[अमरसिंह]] (२०१०), [[स्वास्नीमान्छे (नाटक)|स्वास्नीमान्छे]] (२०३३) आदि पर्दछन्। यी नाटकमध्ये [[मुटुको व्यथा]], [[मुकुन्द-इन्दिरा]], [[म (नाटक)|म]] आदि सामाजिक हुन् भने [[अमरसिंह]], [[भक्त भानुभक्त]], [[भीमसेनको अन्त्य]] आदि ऐतिहासिक हुन्। त्यस्तै, [[ध्रुब (नाटक)|ध्रुब]], [[प्रह्लाद (नाटक)|प्रह्लाद]] आदि पौराणिक नाटक हुन् भने [[स्वास्नीमान्छे (नाटक)|स्वास्नीमान्छे]]चाहिँ स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो। अन्त्यका हिसाबले हेर्दा [[ध्रुब (नाटक)|ध्रुब]], [[प्रह्लाद (नाटक)|प्रह्लाद]], [[मुकुन्द-इन्दिरा]] आदि संयोगान्त तथा [[मुटुको व्यथा]], [[अन्धवेग]], [[प्रेमपिण्ड]] आदि दुःखान्त भएका छन्। उनका [[बोक्सी (एकाङ्की)|बोक्सी]], [[नालापानीमा]], [[बिरामी र कुरुवा]], [[रणदुल्लभ]] जस्ता उत्कृष्ट र सबल एकाङ्कीहरू पनि प्रकाशित छन्। सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन्। कवितात्मक वा गद्यात्मक, संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णार्ङ्की, जुनैमा पनि सम सबल
देखिन्छन्।
लघुनाटक (एकाङ्की) देखि [[प्रेमपिण्ड]] जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ। नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रोयल नेपाल एकेडेमीका (हाल [[नेपाल प्रज्ञा प्रतिष्ठान]]) सदस्य र पछि उपकुलपतिसमेत बनाइयो।
पङ्क्ति ४७:
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
[[श्रेणी:जीवनी]]
|