"विकिपिडिया:स्वशिक्षा/सम्पादन" का संशोधनहरू बिचको अन्तर

-त्रिचन्द्र प्रतीक्षा बैशाख २०६८, युवामन्चमा प्रकाशित
सा Trichandra (वार्तालाप)द्वारा MerlIwBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्ट...
पङ्क्ति १५:
अर्को कुरा, तपाईंलाई सधैं "पूर्वावलोक हेर्ने" बटनको प्रयोग गर्नु पर्छ। प्रयोगस्थलमा बदलाव गरेपछि "संग्रह गर्ने" बटनको भन्दा पहिला "पूर्वावलोकन हेर्ने" बटन थिच्नुहोस । अब यो तपाईंले त्यो कुरा देख्नु हुनेछ जो तपाईंले लेखसंग्रह गरेपछिको देखा पर्छ, तर तपाईंको परिवर्तन अहिले संग्रह गरिएको छैन । हामी सबै समय-समयमा गल्ति गर्दछौं, र पूर्वावलोकनका प्रयोगबाट हामी लेख संग्रह हुनु अघि आफ्ना गल्तीहरूलाई सुधार गरेर संग्रह गर्न सक्छौं । अँ, पूर्वावलोकन गरेपछि आफ्नो लेखलाई संग्रह गर्न नभुल्नुहोस्।
 
==लेख संग्रह गर्ने==
संसारमा भएका अनौंठो रुखहरू -त्रिचन्द्र प्रतीक्षा
पूर्वावलोकनको प्रयोग गरेर त्रुटिहरू सुधार्नुभयो? र सम्पादनको सारांश लेख्नुभयो? त्यसो भए तपाईं लेख संग्रह गर्नका लागि तयार हुनुहोस । "संग्रह गर्ने" लेखिएको बटन दबाउनुहोस्!
 
 
<div style="float:left; background-color: #f5faff; padding: .2em .6em; font-size: 130%; border: 1px solid #cee0f2;">'''यी शिक्षाहरूलाई [[विकिपीडिया:स्वशिक्षा/सम्पादन/प्रयोगस्थल|प्रयोगस्थल]]मा प्रयोग गरेर हेर्नुहोस्'''</div>
यस धरतीमा रुख बिरुवाको के कति महत्त्व र आवश्यक छ, त्यो हामी सबैलाई थाहा भएकै कुरा हो तर यही धरतीमा भएका अनौठो र उपयोगी गुणकारी रुख हालसम्म पनि आम मानिसले उपयोग गर्दै आइरहेका छन् । त्यसमध्येमा पनि आश्चर्यलाग्दो अनौठो रुख पनि छन्, जुन हाम्रो कल्पनाको संसारबाट टाढाको कुरा हुन सक्छ । यस्तै अनौठो रुखको बारेमा यहाँ चर्चा गर्दैछु ।
 
१. सर्वत दिने रुखः अस्ट्रेलियाको क्विसल्यान्ड सहरमा एउटा विशाल रुख छ, जसको आकार बोतल जस्तै छ । यस्को उचाई १५ मिटर र फेदको मोटाइ ८ मिटर छ । यस रुखको फेदमा काटेर हेर्ने हो भने यसबाट सर्वत जस्तै मीठो र स्वादिष्ट रस निस्कन्छ ।
 
{{-}}
२. दूध दिने रुखः दक्षिण अमेरिकामा पाइने भेनेजुएला म्याजिक ट्रि (जादूको रुख) नामक रुखले गाई भैंसीको जस्तै दूध दिने गर्छ । यस रुखलाई दिनमा दुई पटकसम्म दुहिने गरिन्छ । साना-साना हाँगालाई थोरै थोरै काट्दा त्यहाँबाट दूधजस्तो थोपा निस्कन्छ जसलाई तताएर खाँदा गाई भैंसीको दूधजस्तै पोषिलो मिठास हुन्छ । यस्तै ब्राजिलको घना जंगलमा 'काउ ट्रि' नामक रुख पाइन्छ । यसको हाँगामा प्वाल पार्दा गाई भैंसीको जस्तै पौष्टिक दूध निस्कन थाल्छ । त्यस्तो दूधलाई जङ्गलवासी भाँडामा जम्मा गरेर मजासँग पिउने गर्दछ । ब्राजिलवासी यस्तो दूधमा एक प्रकारको जङ्गली औषधि प्रयोग गरेर धेरै दिनसम्म सुरक्षित राख्छन् अनि आफूलाई खाँचो परेको बेलामा त्यसलाई प्रयोगमा ल्याउँछन् ।
<noinclude>
<div style="float:right; margin-top: 0.0em; margin-bottom:3px; background-color: #cee0f2; padding: .2em .6em; font-size: 130%; border: 1px solid #a3b1bf;">'''हेर्नुहोस् [[विकिपीडिया:स्वशिक्षा/रूपरंग|लेखाईको रूपलाई कसरी परिवर्तन गरिन्छ]]''' <span style="font-size: larger; font-weight: bold;">→</span></div>
</div></noinclude>
<div style="clear:both"></div><noinclude>
 
[[श्रेणी:विकिपीडिया स्वशिक्षा]]
३. पङ्खा रुख ः एसियामा पाइने एकप्रकारको सानो खाले रुखलाई टेलिग्राफ ट्रि (Telegraph Tree) भनिन्छ । किनकि यसका पातहरू बिल्कुलै हावा नचलेको बेलामा पनि फ्याट-फ्याट गरी फड्काइरहन्छन् । मानौं यिनले पङ्खा हल्लाइरहेका छन् । मानिस यस रुख मुनि बसेर शीतलता लिने गर्दछ ।
 
[[als:Wikipedia:Tutorial/1]]
४. उज्यालो दिने रुख ः चीनको हुनान प्रान्तमा पाइएको एक रुखको प्रत्येक हाँगाबिङ्गाबाट उज्यालो प्रस्फुटित हुन्छ । यो रुखको एक टुक्रा बोक्रा मात्र पनि कोठामा राखियो भने प्रकाशमय हुन्छ । कुन कारणले गर्दा यो रुखबाट प्रकाश आउँछ ? भन्ने कुरा आजसम्म पनि वैज्ञानिकले पत्ता लगाउन सकेका छैन । यस्तै 'सोम औषधि' नामक यो रुख हिमालको आसपासमा पाइन्छ, जसले रेडियमको जस्तो उज्यालो प्रकाश दिन्छ । यस रुखमा शुक्ल पक्ष शुरु भएपछि प्रत्येक दिन एक-एक वटा पात थपि्रदै जान्छन् । पूणिर्माको दिनसम्ममा थपिएका पातको सङ्ख्या १५ पुग्छ । यसरी नै कृष्णपक्ष सुरु भएपछि प्रत्येक दिन एउटा पात झर्दै जान्छ र औंसीको दिनसम्ममा त्यस रुखमा एउटा पनि पात रहँदैनन् ।
[[ast:Ayuda:Tutorial (Edición)]]
 
[[bg:Уикипедия:Наръчник/Редактиране]]
५. मानवरूपी (मानिस आकृति जस्तो) रुने रुख ः अफ्रिकी देशहरूमा पाइने 'सेराङ्क' नामक रुखको बनावट मानिससँग मिल्दछ । यस रुखको अर्को विशेषता के छ भने यसलाई काट्दा वा उखेल्दा मानिसले जस्तै आवाज निकालेर रुने गर्दछ । यस्तै केनरी द्वीपमा पाइने 'लाउरे मण्डक' रुख टाढाबाट हेर्दा मान्छे जस्तो देखिन्छ । यसलाई काट्न वा उखेल्न खोज्दा बालक रोए झैं रोएको आवाज आउँछ ।
[[ca:Viquipèdia:Guia bàsica/Modificar]]
यस्तै अमेरिकाको मिसिगन प्रान्तको आलो क्लार्क नामक व्यक्तिको बगैंचामा एक यस्तो रुख छ, जुन झट्ट हेर्दा मानिसको आकृतिसँग ठ्याक्कै मिल्दछ । यस रुखमा मानिसको जस्तै हात, खुट्टा, टाउको छ । त्यति मात्र होइन टाउकोमा टोपी पनि लगाएको जस्तो देखिन्छ भने दाहिने हातमा सानो छडी पनि लिए जस्तो देखिन्छ ।
[[cs:Wikipedie:Průvodce (editování)]]
 
[[cy:Wicipedia:Tiwtorial (Golygu)]]
६. पातबिनाको रुख ः वनस्पतिले पातबाट सास फेर्छन् यो हामी सबैलाई थाहा भएकै कुरा हो । तर प्रकृतिमा एउटा यस्तो पनि रुख हुन्छ, जसमा एउटा पनि पात हुँदैन । अङ्ग्रेजीमा रस्को एक्युलेट्स (Rusco Aculeatus) भनेर चिनिने एकप्रकारको वनस्पतिमा पात हुँदैनन् । तर यसका हाँगा (शाखा) हरू नै पातको आकारमा बनेका हुन्छन् । यसमा फूल पनि यिनै पातजस्तो बनेका शाखाका बीचबाट निस्कन्छ ।
[[de:Hilfe:Tutorial/3]]
 
[[et:Juhend:Õppekäik (Redigeerimine)]]
७. सियो धागोयुक्त रुख ः जंगलमा घुम्दाघुम्दै कतै आफूले लगाएको लुगा उभ्रे अथवा च्यातिए भने आफूसँग सियो धागो नहुँदा 'सेन्चुरी प्लान्ट' नामक रुख भेटिएमा लुगा सहजै सिउन सकिन्छ । यसको रुखका हाँगा मोटा खाले पात गुच्छाका रूपमा हुन्छन् । पातका टुप्पा सियोजस्तै तिखा र कडा हुन्छन् । कुनै पातलाई फेदैमा पट्याक्क भाँचेर टुप्पो भएको ठाउँभन्दा तल एउटा ढुङ्गाले किच्ने बित्तिकै पातमा रहेको दरिलो मोटो भाग पक्लक्क उकिन्छ र टुप्पो जस्ताको तस्तै रहन्छ तर टुप्पसँग गाँसिएर भित्रि रहेको धागो यथावत् रहन्छ र त्यसैले लुगा सिउन मिल्छ ।
[[el:Βικιπαίδεια:Οδηγός για νέους χρήστες/Επεξεργασία]]
 
[[en:Wikipedia:Tutorial/Editing]]
८. मैनबत्ती दिने रुख ः दक्षिण अफ्रिकामा एउटा यस्तो रुख पाइन्छ, जसले मैनबत्तीको काम गर्दछ । यो रुखको हाँगाबाट १.५ मिटर जति लामो सलाइको जस्तै मोटो काँटी निस्किएको हुन्छ । त्यो देख्दा मैनबत्ती जस्तो देखिने मात्र नभएर मैनबत्ती जस्तै बल्ने काम पनि गर्दछ । यस्तै मध्य अष्ट्रेलियामा पाइने एकप्रकारको वनस्पतिमा जुन फूल फुल्दछ, त्यो हेर्दा मैनबत्ती जस्तै हुन्छ । त्यसैले यसको नाम पनि अङ्ग्रेजीमा क्यान्डिल स्टिक्स अफ द सन् ९ऋबलमभि क्तष्अपक या तजभ क्गल० भनिन्छ । तर यो फूल एक बोटमा सात वर्षमा एकपल्ट मात्र निस्कन्छ ।
[[es:Ayuda:Tutorial (edición)]]
 
[[fa:ویکی‌پدیا:خودآموز (ویرایش)]]
९. अन्धो पार्ने रुख ः एब्सिनियामा पाइने अस्कलेपियास नामक रुखको पातबाट निरन्तर दूध जस्तो एकप्रकारको सेतो झोल बगिरहन्छ । यो झोल आँखामा अलिकति मात्र परे पनि मानिस अन्धो हुन्छ । यो रुखको दाउरा चिर्दा दाउरा छोएको हातले आँखा मिच्यो भने पनि मानिस अन्धो हुन सक्छ । यस्तै वेस्ट इन्डियनमा पाइने 'मान्चिनील' भन्ने रुख पनि साह्रै डरलाग्दो हुन्छ । यसको रसको सम्पर्कमा आउने अन्धा हुन्छन् र यस रुखको छहारीमा रातभरी सुत्ने मानिस मरेका पनि छन् ।
[[ko:위키백과:길라잡이 (서식)]]
 
[[hr:Wikipedija:Tečaj (Uređivanje članaka)]]
१०. कपडा दिने रुख ः न्युजिल्यान्डमा पाइने 'लेस वार्क ट्रि' नामक रुखबाट कपडा प्राप्त गर्न सकिन्छ । १० मिटरसम्मको उचाई हुने यो रुख सधँै हरियो भइरहन्छ । यस रुखको सानो हाँगो काट्ने बित्तिकै त्यसको भित्रबाट सेतो जालीदार बनेको कपडा जस्तो सुत्ला निस्कन्छ । यदि ठूलो हाँगा काटेमा दरिलो जालीदार कपडाको रास नै निस्कन्छ । त्यहाँका जङ्गलमा बस्ने आदिवासी त्यही जालीदार कपडाबाट दरी, झोला, मजेत्रा आदि बनाएर प्रयोगमा ल्याउँछन् ।
[[it:Aiuto:Tutorial/Modificare]]
 
[[lv:Vikipēdija:Pamācība (Rediģēšana)]]
११. सङ्गीत उत्पन्न गर्ने रुख ः लाल सागरदेखि नील नदीसम्म फैलिएको क्षेत्र नुबियामा सोफर नामको सङ्गीतमय रुख पाइन्छ । यो रुखको हाँगामा पोका-पोका निस्कन्छ । ती पोकामा कीराले स-साना प्वाल पार्छ र सोही प्वालमा हावा छिर्दा सुरिलो सुसेली सुनिन्छ । यस्तै जमैकामा बतास चल्दा चराले गाएजस्तो सुसेल्ने रुख पाइन्छ । त्यहाँका बासिन्दा उक्त रुखलाई बोक्सी रुख भन्ने गर्दछन् भने पूजाआजा पनि गर्छन् । त्यो रुख अँध्यारोमा रहस्यमय ढङ्गले चम्कन्छ पनि ।
[[mk:Википедија:Почетен курс (Уредување)]]
 
[[ms:Wikipedia:Tutorial/Menyunting]]
१२. घिउ दिने रुख ः अमेरिकामा पाइने विपिङ फर नामक रुखले मैनबत्ती आकारको फल फल्छ । यो फल ४ फिटसम्म लामो हुने गर्दछ । यसलाई पेलेर घिउ निकालिन्छ । गाईलाई ख्वाउँदा मोटाउँछ । यस्तै नेपालमा पनि च्युरी नामक रुखको फलको बियाँ पेलेर घिउ निकालिन्छ । यो घिउ, औषधि बनाउन, शरीरमा घस्न, बत्ती बाल्न र साबुन बनाउन प्रयोग हुन्छ ।
[[nl:Wikipedia:Snelcursus/Bewerken]]
 
[[pl:Wikipedia:Tutorial/1]]
१३. कीरा फट्याँग्रा खाने रुख ः अमेरिकामा एउटा अचम्मको रुख पाइन्छ, जसले अरु साधारण रुख झैं माटोबाट आहार प्राप्त नगरी कीरा फट्याँग्रा खाएर बाँच्ने गर्छ । तसर्थ यसको नाम पनि कामअनुसार 'कोबरा' वृक्ष राखिएको छ ।
[[pt:Wikipédia:Tutorial/Edição]]
 
[[ro:Wikipedia:Ghid (Modificare)]]
१४. कुरा गर्ने रुख ः 'डेसियोडियम ड्राइक्वेट' नामक रुखका पातबाट गर्मीको याममा मानिसले कुरा गरेझैं आवाज निस्कन्छ । त्यसका बासिन्दाले यस रुखलाई कुरा गर्ने रुख भन्ने गरिन्छ ।
[[sk:Wikipédia:Príručka/Upravovanie]]
१५. मांसाहारी रुख ः अफ्रिका महाद्वीप तथा मेडागास्कर द्वीपको घना जङ्गलमा यस्ता रुख पाइन्छन्, जसले मान्छे तथा जनावर मारेर खान्छन् । यस्ता रुखको उचाइँ २५ फिटसम्म हुन्छ । यस्ता रुखको शाखा हाँगाको अगाडिको भागमा ठूलाठूला थालका आकारका फूल हुन्छन् । यिनै हाँगामा १-२ फिट लामो नङ्ग्रा जस्ता तिखा काँटा हुन्छन् । असावधानीवश कुनै मानिस वा जनावर ती रुखको छेउमा पुगे भने ती काँटाले छेड्छन्, छेडेपछि शरीरबाट बगेको रगतलाई ती काँटाले सोसेर निल्दछन् । जब ती प्राणीको शरीरबाट रगत आउन छोड्छ तब काँटाले छोडिदिन्छन् । रगत खाएको बेला रुखमा रहेका फूल अझ ठूला हुन्छन्, केही दिन पछि फेरि साविककै आकारमा आउँछन् ।
[[ckb:ویکیپیدیا:فێرکاری (دەستکاریکردن)]]
 
[[sr:Википедија:Упутства/Уређивање чланака]]
१६. गोली जस्तै पड्किने रुख ः मेक्सिकोमा एक किसिमको रुख पाइन्छ । जसमा फलेका फल पाकेपछि खुबै जोडसँग फुट्दछ । फुटेका फलका टुक्राले २० फिटको घेराभित्र बसेका मानिसलाई घाइते पार्न सक्छ ।
[[sv:Wikipedia:Introduktion till redigering]]
 
[[vi:Wikipedia:Sách hướng dẫn/Viết bài]]
१७. हिँड्ने रुख ः अमेरिकामा पाइने 'मेलग्रोव' नामक रुख सयौं मिटर अग्लो हुन्छ जुन ज्यादै मन्दगतिमा हजारौं फीट पर पुग्ने गर्दछ । त्यस्तै 'टम्पवल पिङ्स' नामक बिरुवा खास गरेर मरुभूमिको नजिक पाइन्छ । यसले आफ्नो जरामा रहेको पानी खाइसकेपछि आफैँ नै जरा बाहिर निकाल्छ र हुरी बतास चल्दा सो सँगसँगै धेरै टाढा नदी वा महासागरमा पुगी पानी खाई पुनः जरा गाड्छ ।
 
१८. वर्षा गराउने (पानी पार्ने) रुख ः उष्ण (गर्मी) क्षेत्रमा पाइने एउटा रुखलाई 'समानी समन (Samanea Saman) भनिन्छ । यसलाई वर्षा गराउने रुखका रूपमा चिनिन्छ । यसले दिनमा कोसा (Pods) मा पानी जम्मा गर्दछ । उक्त जम्मा गरिएको पानी रातमा घना वर्षा जस्तै गरी बर्साउँछ ।
 
१९. बिचरा एकपाखे रुख ः ओरेगनमा कोलम्बिया नदी घाँटीका किनारमा उम्रिएका रुख सदैव एकपाखे (एकातिरमात्र सोहोरिएका) हुन्छन् । यी रुखले लगातार एकै दिशाबाट आउने यति भीषण हावाको सामना गरिरहनुपर्दछ कि यिनका सम्पूर्ण हाँगा हावाको बहावको दिशामा नै बढ्छन् । यसैकारण रुख एकपाखे बन्न जान्छन् ।
 
२०. हात्ती दाँते रुख ः पश्चिमी मध्य अमेरिकामा एक किसिमको रुखमा निकै ठूला फल फल्छन् । यस्ता फललाई सुकाएर टाँक आदि बनाउने काममा प्रयोग गरिन्छ । झट्ट हेर्दा यस्ता फलबाट बनेका कुनै पनि चीज हात्तीको दाँतबाटै बनाइएका जस्ता देखिन्छन् ।
 
२१. गाडी चलाउने तेल दिने रुख ः ब्राजिलमा पाइएको 'कोपिबिया' नामक रुखबाट वर्षमा दुई पटक तेल झिक्न सकिन्छ । एक पटकमा झिकेको तेल २५ लिटरसम्म हुन्छ । यसलाई तत्कालै गाडीमा हाली प्रयोग गर्न सकिन्छ ।
 
२२. तुरुन्त घाउ ढाक्ने चोपवाला रुख ः मेवाको बोटमा मेवाको फलमा बाहिरबाट पातलो चिरा लगाएर चोप निकाल्न सकिन्छ । तर यो चोपमा एउटा विचित्रको गुण हुन्छ । यहि गुणका कारण नै यो चोप हावाको सम्पर्कमा आउनसाथ तुरुन्त जम्दछ र चिरिएको घाउको मुख बन्द गरिदिन्छ । यसबाट चोप निस्कन पनि तुरुन्त रोकिन्छ ।
 
२३. सम्पूर्ण मसलाको एउटै रुख ः एउटा रुख जसको नाम नै यसको गुणको आधारमा All Spice अर्थात 'सम्पूर्ण मसला' राखिएको छ । किनकि यसको फलमा ल्वाङ, तेजपात, दालचिनीको एकमुष्ट स्वाद र सुगन्ध पाउन सकिन्छ ।
 
२३. साबुन दिने रुख ः उत्तर अमेरिकामा पाइने साबुन रुख पनि अति उपयोगी रुख मानिन्छ । बर्सेनि यो रुखमा सुपारी जत्रो फल फल्छ । फलभित्र नरम गुदी हुन्छ । गुदीको आधाभाग बसाउने साबुन हुन्छ, जसबाट राम्ररी फिँज निस्कन्छ, सो भेगका मानिस यसैबाट लुगा धुने गर्छन् ।
 
२४. पेटिकोट पाम रुख ः क्यालिफोर्नियामा पाइने 'वासिङ्गटोनिया पाम' नामक रुखलाई पेटिकोट पाम पनि भन्न सकिन्छ । यसका पातले यसको बोटलाई अनौठो तरिकाले ढाकेर सूर्यका किरणबाट जोगाउँछन् । झ्वाट्ट हेर्दा त्यहाँ एक महिलाले आफ्नो शरीरलाई पेटिकोटद्वारा ढाकेको जस्तो देखिन्छ ।
 
२५. नुन दिने रुख ः चीनको हिलोग जियाङ्ग र जीलीन प्रान्तमा पाइने एक किसिमको रुखबाट एक प्रकारको पाउडर निस्कन्छ । यो पाउडरबाट नुनको काम लिन सकिन्छ ।
 
२६. अचम्मको धोत्रे रुख ः अफ्रिकामा पाइने 'एण्डुसोनिया डिजीटोटा' नामक रुख ज्यादै आश्चर्य लाग्दो छ, जसको जराको गहिराई सय मिटर तलसम्म गाडिएको हुन्छ । यसका हाँगा खोक्रो हुन्छन् र सो भागमा पानी भरेर राख्न सकिन्छ । एउटा रुखमा पाँच हजार लिटरसम्म पानी अटाउँछ । यही पानी रेगिस्तानका यात्रीलाई बेच्ने गरिन्छ । साथै यसका हाँगामा ठूला-ठूला प्वाल पारेर मरेको मानिसको शव राख्ने चलन पनि छ । यसमा राखेको शव कुनै औषधि विना नै जस्ताको तस्तै सयौं वर्षसम्म रहन्छ ।
-त्रिचन्द्र प्रतीक्षा
बैशाख २०६८, युवामन्चमा प्रकाशित