"कुकुर" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
कुकुरबारे केही रोचक तथ्य
पङ्क्ति ५८:
}}
 
कुकुरबारे रोचक जानकारी
== यो पनि हेर्नुहोस् ==
 
{{Portal box|Dogs}}
कुकुरलाई घरपालुवा जनावरको रूपमा १२ हजार वर्ष अघिदेखि मानिसले पाल्न थालिएको अनुमान छ । कुकुर मानिस सँगसंँगै बस्दै आउनुुमा उनीहरूले पाउने खाना र तातोपन हो । त्यसपछि मानिसले कुकुरलाई आफ्नो फाइदाका लागि प्रशिक्षण दिन थालेका हुन् । गाईबस्तु चराउन, घर हेरचाह गर्न प्रयोग गरिदैं जाँदा पछि शिकार गर्न र मित्रता बढाउनका लागि मानिसहरूले विभिन्न नस्लका कुकुरहरू पाल्न थालेका हुुन् । त्यसपछि मात्र विभिन्न जातका कुकुरहरू देखिन थालेका हुन् । १९औं शताब्दी पछि मानिसले विभिन्न जातको कुकुर पाल्न थालेको हुन् । विश्वमा करिव २ सय जातका कुकुरहरू पाइन्छन् ।
{{Wikipedia books}}
 
*[[कुकुरका प्रजातीहरू]]
कुकुर समूह
*[[ब्वाँसो]]
विश्वमा प्राचीन इजिप्ट र पश्चिम एशियाका मानिसहरूले फरक–फरक कामकालागि फरक जातको कुकुर पाल्ने गरेको विश्वास गरिन्छ । आजको समयमा जस्तै रोमन समयमा पनि जुन काम पूरा गर्नका लागि कुकुर पालिन्थ्यो त्यति खेर पनि यस्तै प्रकारका आयश्यकता पूरागर्न पालिने गरिएको इतिहासविदहरू बताउँछन् । कुकुरहरूलाई यिनीहरूको कामको हिसावले छ भिन्न प्रकारले वर्गीकरण गरिएको छ । तिनीहरूमा कामगर्ने, खेलकुद, जनावर चराउने, मित्रता र खेद्नेमा पर्दछन् ।
 
कुकुरको विशेषता
ब्वाँसो पछ्याउने, कुद्ने, आहारा पक्रने, जनावर मार्न र खान सक्ने क्षमतामा खप्पिस हुन्छन् । आफ्नो सलक्क परेको जीउ र सलक्क परेको लामो खुट्टाको कारण यसमा लामो दुरी कुद्न सक्ने क्षमता हुन्छ । ब्वाँसोसँग कुकुर मिलाएर बच्चा जन्माउने गर्नाले कुकुरमा ब्वाँसोका अधिकतम गुणहरू रहेका हुन्छ । निश्चित मात्रामा जन्मिएका यस्ता सन्तानले गर्दा कुकुरहरू विभिन्न आकार, प्रकार र रङमा उत्पादन हुने गर्दछन् । घरपालुवा जनावरमा यतिधेरै प्रकारको शारिरिक बनावट भएको जनावर कुकुर मात्र हो ।
 
घरपालुवा प्रजातिका कुकुरहरू ‘ग्रेट डेन’ देखि लिएर ‘चाइहुवावा’ सम्मका सबै कुकुरहरूमा ब्वाँसोको ‘जिन’ भएका कारण यिनिहरू मानिसलाई आफ्नै समूह र आफ्नो नेतामान्दै उनीहरूको आज्ञा मान्दछन् ।
कुकरको सुन्ने र सुघ्ने तिक्ष्ण क्षमता हुन्छ त्यसैकारणले गर्दा यसलाई अपराधी, बिष्फोटक पदार्थ लगायत पक्रन प्रयोग गरिन्छ । यसले राति राम्रोसँग र निकै परसम्म सजिलै देख्न सक्छ ।
 
एउटा कुकुर्नीले नौ हप्ताको गर्भिणी भएपछि बच्चा (छाउरा छाउरी) जन्माउँदछे । भर्खर जन्मिएका छाउरा छाउरी अन्धा र बहिरा हुन्छन् । १० देखि १२ दिनपछि यिनिहरूको आँखा खोल्छन् भने १३ देखि १७ दिनपछि मात्र यिनिहरूले सुन्न थाल्दछन् । जन्मिएको ३ देखि ५ हप्ता पछि मात्र यिनिहरूको दाँत आउन थाल्दछ ।
 
कुकुरबारे केही रोचक तथ्य
- एक हप्तासम्मको कुकुरको छाउरा ‘बच्चा’ ले आफ्नो अधिकतम समय सुत्न र आमाको दूध खान बिताउँछ
- २ हप्तासम्मको कुकुरको छाउराले आँखा देख्न, सुन्न र बामे सर्न सक्छ ।
- ३ हप्तासम्मको कुकुरको छाउराले ठोस पदार्थ खान सुरू गर्दछ ।
- ४ हप्तासम्मको कुकुरको छाउराले आमाको सहायताले खाना खान्छ । त्यसपछि आमाबाट छुट्याएर अर्को ठाँउ लैजान सकिन्छ ।
- कुकुरलाई कहिले पनि आगाडिपट्टि देख्ने गरी लात्तीले हिर्काउनुहुँदैन । कुनै–कुनै कुकुरले मान्छेले हिर्काउनु भन्दा पहिले टोक्न सक्छ किन भने यसले मान्छे भन्दा दश गुणा चाडो प्रतिक्रया जनाउन सक्छ ।
- कुकुरहरू चलाख हुन्छन् । यसको अर्थ यिनिहरूले १ सय ५० देखि २ सय शब्दहरू बझ्छन् जसमा प्रतीक चिन्ह देखि लिएर हातको इसारा पनि पर्दछ ।
- भाले कुकुरले पिसाब फेर्दा खुट्टा उठाएर रूख वा पोलमा गर्दछ किनभने जति मथि गर्‍यो त्यसले उ अरू भाले भन्दा अग्लो र निडर हो भन्ने सुचना अरू कुकुरलाई दिने गर्दछ । अफ्रिकका जंगली कुकुरहरू आफूलाई ठूलो देखाउनका लागिरूखको हाागामा पिसाब फेर्ने गर्दछन् ।
- कुकुरको नाक जहिले पनि भिजेको हुन्छ किनभने यसले हावामा भएका सुगन्धहरू लिन मद्दत गर्दछ ।
- अमेरीकामा विश्वको सबैभन्दा बेसी कुकुरहरू पाईन्छ त्यसपछि फ्रान्समा रहेको छ ।
- हाल विश्वमा करिव ४० करोड कुकुरहरू रहेको अनुमान गरिन्छ ।
- काठमाडौंको चक्रपथ भित्र २२ हजार र विराटनगर उप–महानगरपालिकामा १० हजार भुसिया कुकुर छन् ।
- सम्राट कुव्ला खाँसँग ५ हजार कुकुरहरू थिए ।
- सबैभन्दा बढी दाँत हुने जनावर कुकुर हो जसको ४२ ओटा दाँत हुन्छन् ।
 
==सन्दर्भ सूची==
{{reflist|}}
"https://ne.wikipedia.org/wiki/कुकुर" बाट अनुप्रेषित