"यदुनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

Correction, added uncategorised tag using AWB
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
वि. सं. १९७० साउन २८ गते [[तनहुँ जिल्ला|तनहुँ]]को मानुङमा नरनाथ र माता तारादेवी खनालका सुपुत्रका रुपमा जन्मेका सरदार प्रो. '''यदुनाथ खनाल''' नेपालको शिक्षा, कूटनीति, प्रशासन र साहित्य क्षेत्रका विशिष्ट व्यक्ति मानिनुहुन्छ । उहाँलाई नेपालको पुनर्जागरणकालमा परराष्ट्र मामिला, प्रशासन र शिक्षाक्षेत्रमा धरोहरकै रुपमा लिइन्छ ।
 
छ वर्षका खनालले घरमै अमरकोश, चण्डी पढ्नुभयो । ११ वर्षका खनाल हिंडेर काठमाडौं आउनुभयो । उहाँको अध्ययनमा दाजु हरि खनालको विशेष सहयोग थियो । उहाँ १९९२ सालको एसएलसी परीक्षामा बोर्ड प्रथम हुनुहुन्थ्यो । बनारस विश्वविद्यालयबाट [[संस्कृत]]मा मध्यमा, कोलकाता विश्वविद्यालयबाट बीएस्सी र अङ्ग्रेजीमा स्नातकोत्तर तह उत्तीर्ण सरदार खनाल २००० सालदेखि २०१३ सालसम्म त्रि-चन्द्र कलेजमा प्राध्यापन सेवापछि २०१३ साल माघ १३ देखि स्व. [[टङ्कप्रसाद आचार्य|टंकप्रसाद आचार्य]] प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीको सचिवका रुपमा नियुक्त गर्नुभएको थियो ।
 
चिकित्सक बन्न चाहने खनाल विशेष कारणले गर्दा निजामति सेवामा पो लाग्नुभयो । गृह, परराष्ट्र, सूचना र यातायात मन्त्रालयको सचिव हुनुभयो । उहाँ प्रधानमन्त्रीको सचिवालयको प्रमुख निजी सचिव, पटक पटक [[राष्ट्रिय योजना आयोग]]का सदस्य तथा [[लोकसेवा आयोग]]का अध्यक्ष समेत हुनुभयो । उहाँले २०१७ देखि २०१९ सालसम्म परराष्ट्र सचिव, २०१९ देखि २०२४ सम्म [[भारत]]का लागि राजदूत, २०२४ देखि २०२७ सम्म पुनः परराष्ट्र सचिव, २०३० देखि २०३२ सम्म [[संयुक्त राज्य अमेरिका|अमेरिका]]का लागि राजदूत, २०३२ देखि २०३५ सम्म [[लोकसेवा आयोग]]को अध्यक्ष र २०३५ देखि २०३९ सम्म [[जनबादी गणतन्त्र चीन|चीन]]का लागि राजदूतको हैसियतमा काम गर्नुभएको थियो । उहाँ २०१७ सालमा तत्कालीन प्रधानमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]]को नेतृत्वमा राष्ट्रसंघको महासभामा भाग लिन जानुभएको थियो भने २०४८ सालदेखि तत्कालीन प्रधानमन्त्री [[गिरिजा प्रसाद कोइराला]]को परराष्ट्र मामिलासम्बन्धी सल्लाहकारसमेत हुनुहुन्थ्यो।
 
प्रजातन्त्र आगमन पछिका प्रधानमन्त्रीद्वय [[कृष्णप्रसाद भट्टराई]] र [[गिरिजा प्रसाद कोइराला]]का परराष्ट्र मामिला सल्लाहकार रहेका खनालले त्यसपछि भने अवकाश जीवन बिताउँदै आउनुभयो । आधुनिक नेपालको परराष्ट्रनैतिको व्याख्या गर्ने महफ्वपूर्ण व्यक्तिका रूपमा परिचित खनाल चीन, भारत तथा संयुक्त राज्य अमेरिकाका लागि शाही नेपाली राजदूत पदमा रहनुभयो ।
"https://ne.wikipedia.org/wiki/यदुनाथ_खनाल" बाट अनुप्रेषित