"भाङ" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:औषधोपचार जोडियो
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १६:
 
'''भाँगो''' अथवा
'''भाङ''' औषधीय गुण भएको [[पोथ्रा]] वर्गमा पर्ने वनस्पति हो । यो नेपालमा फल्ने एक किसिमको बाली हो। यसको फललाई खासगरी अचार बनाउन प्रयोग गरीन्छ भने यसको वोटको बोक्रा (लोता)लाई डोरी बनाउन प्रयोग गरीन्छ। यो [[बागलुङ जिल्ला|बाग्लुङ जिल्ला]]को प्रसिद्ध उत्पादन हो। पोथी भाँगो [[चरस|चरेस]] [[गाँजा]] जस्ता नशालु पदार्थ बनाउनमा पनि प्रयोग हुन्छ। यसलाई लागुपदार्थको रूपमा मानिएपनि यसका विभिन्न भागहरूमा औषधीय गुण भएको हुनाले गाउँघरमा यसलाई जडीबुटीको रूपमा लिने गरेको पाइन्छ । [[हिन्दू धर्म|हिन्दू]]हरूका विभिन्न धर्मग्रन्थहरूमा भाङलाई भगवान [[शिव]]को प्रसादको रूपमा वर्णन गरिएको पाइन्छ ।
 
==भाङको औषधीय गुणहरू==
भोक नलाग्ने, मांशपेशीको दुखाई, पेट दुखाई, निद्रा नलाग्ने, गोनोरिया, महिनावारी हुँदा धेरै रगत बग्ने, पखाला, [[हैजा]], पानी देखि डराउने, [[धनुष्टंकार]]मा पातको रसको सेवन गरिन्छ । [[रगतमासी]] परेको बेलामा यसको पातको काढा बनाएर खाइन्छ । अजीर्ण–अपच, [[रगत]] बग्ने, यौनशक्तिमा कमी, पेटमा [[जुका]] परेमा, घाउ आएको बेलामा बीउको चूर्णको सेवन गरिन्छ । यसको सेवनले मात लाग्छ । [[होली]] र [[महाशिवरात्री|शिवरात्री]] पर्वमा यसको मिठाई बनाएर खाइन्छ । <ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री</ref>
 
==औषधोपचार==
"https://ne.wikipedia.org/wiki/भाङ" बाट अनुप्रेषित