"कपासे" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:पोथ्रा जोडियो
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ३:
|name = कपासे फूल
|regnum = [[वनस्पति]]
|unranked_divisio = [[फूल फुल्ने वनस्पति|एन्जिओस्पर्म]]
|unranked_classis = [[Eudicots]]
|unranked_ordo = [[Asterids]]
पङ्क्ति १५:
|}}
[[File:Saussurea pygmaea.jpg|thumb|ससुरियाको अर्को प्रजाति]]
'''कपासे फूल''' अथवा '''कस्तुरी कमल''' औषधीय गुण भएको हिमाली वनस्पति हो । अंग्रेजीमा स्नोबल प्लान्ट(snowball plant) भनेर चिनिने यो वनस्पतिलाई कतै कतै हिम कमल पनि भनिन्छ । बहुवर्षीय [[पोथ्रा]] वर्गमा पर्ने यो वनस्पति ४३०० मिटर देखि ५६०० मिटरको उच्च हिमाली क्षेत्रमा पाइन्छ । <ref name="fi">[http://www.flowersofindia.net/catalog/slides/Kasturi%20Kamal.html Kasturi Kamal, Flowers of India]</ref>लेकाली घाँसका चहुरमा कसैले [[नौनी]]को डल्लो लुकाए जस्तो देखिने यो बिरुवा उच्च क्षेत्रमा बादल भन्दा माथिको जाडो खप्न न्यानो कपासभित्र गुटमुटिएको हुन्छ । [[श्रावण शुक्ल पूर्णिमा|जनैपूर्णिमा]]को मेला भर्न [[गोसाइँकुण्ड]] जाने तीर्थालुहरू यसलाई सिलुस्वाँ (नेपाल भाषा) भन्दछन् । त्यहाँ जम्मा हुने धामीझाँक्रीहरू औषधोपचारका लागि यो बिरुवा बटुलेर लैजान्छन् । कपासे फूल भूतप्रेत भगाउन मात्र हैन स्त्रीरोगमा समेत प्रयोग हुन्छ । [[वनस्पतिशास्त्र]]ले यसको नाम 'ससुरिया गोसिपिफोरा' निर्धारण गरिदिएको छ । आकृति विशेषले यसलाई [[सूर्यमुखी फूल]]को परिवारभित्रको बिरुवा भन्न वा मान्न गाह्रो पर्दछ । नेपालका कपासकै भकुण्डो जस्तो देखिने यो वनस्पतिलाई नौनी फूल पनि भनिन्छ ।<ref name="HM">[http://nepalihimal.com/article/891 :पुष्पमार्गमा पदयात्रा- डा. तीर्थबहादुर श्रेष्ठ]</ref>
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कपासे" बाट अनुप्रेषित