"कालो मृत्यु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
[[File:Blackdeath2.gif|thumb|यूरोपमा कालो मृत्युको फैलावट (१३४६–५३)]]
"[[:en:Medieval Warm Period|मध्यकालीन न्यानो अवधि]]"तेह्रौं शताब्दीको अन्त तिर समाप्त भयो र "[[:en:Little Ice Age|अल्प हिमयुग]]" को शुरुआत भयो । <ref>World Regions in Global Context Third Edition</ref> जसको कारण कठोर शिशिर ऋतु र कमजोर फसल को अवस्था आयो । उत्तरी यूरोपमा भारी हलो वा फसल चक्र जस्ता नयाँ प्राविधिक पद्दति को प्रयोग द्वारा कृषि क्षेत्र विस्तार कार्य दक्षिण यूरोपको [[:en:Mediterranean Basin|भूमध्य घाटी ]] मा जस्तो सफल हुन सकेन जसको प्रमुख कारण उत्तरको कमसल माटो थियो । आलू जुन आजकल उत्तरी यूरोपकोलागि सर्वाधिक उपयुक्त फसल हो, त्यसबेला अमेरिकामा मात्र सिमित थियो, यूरोपेलीहरुलाई त्यतिबेला यसको जानकारी नै थिएन । कालो मृत्यु महामारीको एक शताब्दी अघि देखि खाद्यान्नको अभाव र आकशिँदो मूल्य त्यहाँको जीवनको अभिन्न अंग भएको थियो । गहूँ, जौ, पराल र त्यसको कारण पाल्तु जनावर को अभावले [[कुपोषण]] सर्वाधिक समस्या थियो जसको कारण मानिसहरुको रोग निरोधक क्षमतामा कमी आयो । त्यसको साथै हरेक महिलाले ५/६ बच्चाहरु पाउने गरेकाले जनसँख्याको लगातार वृद्धि भइरहेको थियो जसले गर्दा खाद्यान्न अभाव झन गहिरियो । सन् १३१५ को शरद ऋतुमा भारी बर्षा हुन थाल्यो र त्यसपछिका केहि बर्ष का शिशिर ऋतु हरु धेरै चिसो हुने र झरि पर्ने खाले भए । पहिल्यै कमजोर भैसकेका उत्तरका फसलको अवस्था झन खस्कियो । त्यस पछि सात बर्षे अनिकालको शुरुआत भयो । सन् १३१५ देखि १३१७ को उत्तर यूरोपेली [[:en:Great Famine of 1315–1317|महा अनिकाल]] शायद यूरोपेली इतिहासको सबभन्दा ठूलो अनिकाल होला, यसको कारण मर्ने मानिसहरुको जनसँख्या करीब १० प्रतिशत भन्दा बडि थियो ।
 
===संक्रमण तथा प्रव्रजन===
 
लसीका ग्रंथि महामारी ''[[:en:Yersinia pestis|Yersinia pestis]]'' नामको जिवाणु द्वारा हुन्छ । यो जिवाणु कृंतक (मुसा, लोखर्के आदि) मा बस्ने उपियाँमा पाईन्छ । Yersinia pestis भेटिएका कृंतकहरु मध्य एशिया, कुर्दिस्तान, पश्चिम एशिया, उत्तर भारत, युगान्डा आदि स्थानहरुमा पाइएको छ । अक्टोवर १०, २०१२ मा क्यालिफोर्नियाको एउटा मरेको लोखर्केमा परिक्षण गर्दा Yersinia pestis पाइयो । <ref name="New York Daily News">{{cite news |url=http://www.nydailynews.com/life-style/health/calif-squirrel-tests-positive-bubonic-plague-agent-article-1.1179208 |title=California squirrel tests positive for exposure to bacterium that causes bubonic plague |publisher=New York Daily News |author= Christine Roberts|date=10 October 2010 |accessdate=4 November 2013}}</ref>[[:en:Kyrgizstan|किर्गिस्तान]] [[:en:Lake Issyk Kul|ईसिक कुल ताल]] को नजिकै पाइएको १३३८-१३३९ को [[:en:Nestorianisn|नेस्टारी]] चिहानको अभिलेखमा लसीका ग्रंथि महामारीको बारेमा उल्लेख गरिएको छ । महामारीविदहरुको आँकलनमा यो नै १४ औं शताब्दीको माहामारीको उद्गमस्थल हो जहाँबाट यो महामारी सजिलै भारत र चीन तिर फैलिएको हुन सक्छ ।<ref>{{Cite journal|title=Paleomicrobiology: Past Human Infections |last1=Raoult |last2=Drancourt |year=2008 |publisher=Springer |page=152 |ref=harv}}</ref> सन् २०१० मा चिकित्सा वंशाणुविद हरुले दिएको रायमा भने महामारीको तीनै चरणको शुरुआत चीन मा भएको थियो । चीनमा तेह्रौं शताब्दीमा मंगोल आक्रमणको कारण खेतिपाति र व्यापार व्यवशायमा ह्रास आयो । तर १४ शताब्दीको शुरुमा भने केही आर्थिक उत्थान देखिएको थियो । सन् १३३० को दशकमा घरिघरिको दैविक प्रकोपहरुले १३३१ अनिकालको शुरु भयो र त्यसको एक बर्क्ष पछि महामारी फैलियो ।<ref>The Cambridge History of China: Alien regimes and border states, 907–1368, p.585</ref> १३४७मा कन्सटाटिनोपल मा प्रवेश गर्नु भन्दा अघिका १५ बर्प हरुमा १३ औं शताब्दीको महामारीले साडे दुई करोड चीनिया र अन्य एशियालीहरुको मृत्यु गराएको थियो ।<ref>{{Cite book | first = George C. | last = Kohn | title = Encyclopedia of plague and pestilence: from ancient times to the present | url = http://books.google.com/books?id=tzRwRmb09rgC&pg=PA31&dq#v=onepage&q=&f=false | publisher = Infobase Publishing | year = 2008 | page = 31 | isbn = 0-8160-6935-2}}</ref> तर George Sussman को भनाई अनुसार भने चीनमा उपलब्ध चिकित्सक अभिलेखमा स्पष्ट रुपमा उल्लेख गरिएको लसीका ग्रंथि महामारी सन् १६४४ को भएको पाईएको छ । <ref>Sussman GD (2011). Was the black death in India and China? ''Bulletin of the History of Medicine'', 85 (3), 319–55 PMID: [http://www.ncbi.nlm.nih.gov/pubmed/22080795 22080795] [http://contagions.wordpress.com/2011/11/26/did-india-and-china-escape-the-black-death/]</ref>
 
==परिणाम==
"https://ne.wikipedia.org/wiki/कालो_मृत्यु" बाट अनुप्रेषित