"कालो मृत्यु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
 
[[File:Blackdeath2.gif|thumb|यूरोपमा कालो मृत्युको फैलावट (१३४६–५३)]]
"[[:en:Medieval Warm Period|मध्यकालीन न्यानो अवधि]]"तेह्रौं शताब्दीको अन्त तिर समाप्त भयो र "[[:en:Little Ice Age|अल्प हिमयुग]]" को शुरुआत भयो । <ref>World Regions in Global Context Third Edition</ref> जसको कारण कठोर शिशिर ऋतु र कमजोर फसल को अवस्था आयो । उत्तरी यूरोपमा भारी हलो वा फसल चक्र जस्ता नयाँ प्राविधिक पद्दति को प्रयोग द्वारा कृषि क्षेत्र विस्तार कार्य दक्षिण यूरोपको [[:en:Mediterranean Basin|भूमध्य घाटी ]] मा जस्तो सफल हुन सकेन जसको प्रमुख कारण उत्तरको कमसल माटो थियो । आलू जुन आजकल उत्तरी यूरोपकोलागि सर्वाधिक उपयुक्त फसल हो, त्यसबेला अमेरिकामा मात्र सिमित थियो, यूरोपेलीहरुलाई त्यतिबेला यसको जानकारी नै थिएन । कालो मृत्यु महामारीको एक शताब्दी अघि देखि खाद्यान्नको अभाव र आकशिँदो मूल्य त्यहाँको जीवनको अभिन्न अंग भएको थियो । गहूँ, जौ, पराल र त्यसको कारण पाल्तु जनावर को अभावले [[कुपोषण]] सर्वाधिक समस्या थियो जसको कारण मानिसहरुको रोग निरोधक क्षमतामा कमी आयो । त्यसको साथै हरेक महिलाले ५/६ बच्चाहरु पाउने गरेकाले जनसँख्याको लगातार वृद्धि भइरहेको थियो जसले गर्दा खाद्यान्न अभाव झन गहिरियो । सन् १३१५ को शरद ऋतुमा भारी बर्षा हुन थाल्यो र त्यसपछिका केहि बर्ष का शिशिर ऋतु हरु धेरै चिसो हुने र झरि पर्ने खाले भए । पहिल्यै कमजोर भैसकेका उत्तरका फसलको अवस्था झन खस्कियो । त्यस पछि सात बर्षे अनिकालको शुरुआत भयो । सन् १३१५ देखि १३१७ को उत्तर यूरोपेली [[:en:Great Famine of 1315–1317|महा अनिकाल]] शायद यूरोपेली इतिहासको सबभन्दा ठूलो अनिकाल होला, यसको कारण मर्ने मानिसहरुको जनसँख्या करीब १० प्रतिशत भन्दा बडि थियो ।
 
==परिणाम==
"https://ne.wikipedia.org/wiki/कालो_मृत्यु" बाट अनुप्रेषित