"कालो मृत्यु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
[[File:Blackdeath2.gif|thumb|यूरोपमा कालो मृत्युको फैलावट (१३४६–५३)]]
"[[Medieval Warm Period|मध्यकालीन न्यानो अवधि]]"तेह्रौं शताब्दीको अन्त तिर समाप्त भयो र "[[:en:Little Ice Age|अल्प हिमयुग]]" को शुरुआत भयो । <ref>World Regions in Global Context Third Edition</ref> जसको कारण कठोर शिशिर ऋतु र कमजोर फसल को अवस्था आयो । उत्तरी यूरोपमा भारी हलो वा फसल चक्र जस्ता नयाँ प्राविधिक पद्दति को प्रयोग द्वारा कृषि क्षेत्र विस्तार कार्य दक्षिण यूरोपको [[:en:Mediterranean Basin|भूमध्य घाटी ]] मा जस्तो सफल हुन सकेन जसको प्रमुख कारण उत्तरको कमसल माटो थियो । आलू जुन आजकल उत्तरी यूरोपकोलागि सर्वाधिक उपयुक्त फसल हो, त्यसबेला अमेरिकामा मात्र सिमित थियो, यूरोपेलीहरुलाई त्यतिबेला यसको जानकारी नै थिएन । कालो मृत्यु महामारीको एक शताब्दी अघि देखि खाद्यान्नको अभाव र आकशिँदो मूल्य त्यहाँको जीवनको अभिन्न अंग भएको थियो । गहूँ, जौ, पराल र त्यसको कारण पाल्तु जनावर को अभावले [[कुपोषण]] सर्वाधिक समस्या थियो जसको कारण मानिसहरुको रोग निरोधक क्षमतामा कमी आयो । त्यसको साथै हरेक महिलाले ५/६ बच्चाहरु पाउने गरेकाले जनसँख्याको लगातार वृद्धि भइरहेको थियो जसले गर्दा खाद्यान्न अभाव झन गहिरियो । सन् १३१५ को शरद ऋतुमा भारी बर्षा हुन थाल्यो र त्यसपछिका केहि बर्ष का शिशिर ऋतु हरु धेरै चिसो हुने र झरि पर्ने खाले भए । पहिल्यै कमजोर भैसकेका उत्तरका फसलको अवस्था झन खस्कियो । त्यस पछि सात बर्षे अनिकालको शुरुआत भयो । सन् १३१५ देखि १३१७ को उत्तर यूरोपेली [[:en:Great Famine of 1315–1317|महा अनिकाल]] शायद यूरोपेली इतिहासको सबभन्दा ठूलो अनिकाल होला, यसको कारण मर्ने मानिसहरुको जनसँख्या करीब १० प्रतिशत भन्दा बडि थियो ।
 
===अत्याचार===
 
कालो मृत्युको परिवेशमा नविकृत धार्मीक कट्टरपंथ र उग्रवाद मौलायो । केहि यूरोपेलीहरुले यहुदी, सन्यासी, विदेशी, तिर्थयात्री, भिखारी आदि समुदायका मानिसहरु माथि आक्रमण गर्न थाले ।<ref name=nirenberg>David Nirenberg, ''Communities of Violence'', 1998, ISBN 0-691-05889-X.</ref> [[:en:Roma (Romani subgroup)|रोमा ]]जाति, कुष्टरोगी, छालाका रोगी हरु जस्तै [[:en:Acne vulgaris|acne]] वा [[:en:psoriasis|psoriasis]] आदि माथि दोषारोपण भयो र यीनीहरु आक्रमणको शिकार भए । यी समुदायका मानिसहरुलाई यूरोप भरि निर्मूल पारियो । १४ औं शताब्दीका वैद्यहरुले यो रोगको कुनै व्याख्या नै गर्न सकेनन, यूरोपेलीहरु ज्योतिषी, भुकम्प तथा यहुदी द्वारा पानीका कुवाको विषाक्तीकरण आदिलाई महामारीको सम्भाव्य कारण मान्न थाले । यूरोपेली सरकारहरुले संकट निदानको कुनै कदम नै चालेनन किनकि रोगको कारण र फैलावट सम्बन्धि केहि जानकारी कसैलाई थिएन । रोग लाग्ने र फैलने प्रकृयाको जानकारी शून्य जस्तै थियो । यत्रो भयावह प्रदर्शन को एक मात्र कारण दैवको क्रोध हुन सक्दथियो !
 
[[:en:Jews in the Middle Ages|मध्यकालीन यहुदी ]]समुदायमाथि धेरै आक्रमण भए । <ref name=JewishEncyclopedia>[http://www.jewishencyclopedia.com/view.jsp?artid=1114&letter=B Black Death], Jewishencyclopedia.com</ref> अगस्त १३४९ मा [[:en:Mainz|मैन्ज]] र [[:en:Cologne|कोलोन]] का यहुदी समुदाय निर्मूल पारिए । त्यसै सालको फरवरीमा स्टासबर्ग का जनताले २००० यहुदीहरुको हत्या गरे ।<ref name=JewishEncyclopedia/> सन् १३५१ सम्ममा ६० ठूला र १५० साना यहुदी समुदायहरु नष्ट पारिए ।<ref>[http://www.jewishhistory.org.il/history.php?startyear=1340&endyear=1349 "Jewish History 1340–1349"].</ref>
 
 
 
"https://ne.wikipedia.org/wiki/कालो_मृत्यु" बाट अनुप्रेषित