"कविता" का संशोधनहरू बिचको अन्तर

अनावस्यक
पङ्क्ति २३:
सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्को समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको समाप्ति र अर्को कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइ“दैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउ“मा अर्को प्रवृत्ति शुरु हुन्छ|
* [http://www.samakalinsahitya.com/?show=detail&art id=2299]
== केही नेपाली कविता हरू ==
=== 1 ===
 
प्रकृतिबाटै असमानता
भोग्दै हुर्किएका खोल्साहरू !
घामको खोजीमा
अब अग्ला-अग्ला चुचुरातिर मन र आस्था लिएर हिन्दैछन्
खोल्साहरूले थाहा पाए
उनिहरू स्थिर रहनुँको पिडा
उनीहरू सँधै अँध्यारो हुनुको पिडा ।
उज्यालोको खोजीमा आन्दोलित हुनँ चाहन्छन् मनहरू !
उकासिन चाहन्छन् तिनका धरातलहरू !
त्यसैले त अचेल
खोल्साहरूमा पनि फाटफुट राती राँके जुलुस देख्न सकिन्छ
स्वाभाविक छ खोल्साका आन्दोलनहरू !
उनीहरू पनि यहि धरतीका जीवाणुहरू हुन्
उनीहरूलाई पनि घाम चाहिन्छ
कठ्याँग्रिदा ताप्ने न्यानो चाहिन्छ
मेरो सलाम छ
यी खोल्साका चेतनाहरूहरूलाई !
अब खोल्साहरूले एक भएर
पृथ्वीको गर्भको चट्टानिय प्लेट
हल्लाउँनु पर्छ ज्वालामुखी भएर
र अनि खोल्सा पनि डाँडा बन्न सक्नेछ
यसको लागि म पनि तयार छु
 
=== 3 ===
मुटुमा निशाना लगाउँदा रहेछन्..!!
यसरी धोकेवाज तड्पाउँदा रहेछन्..!!
 
 
शहिदको मुलुकमा रक्त तिँ पिपासु..
रगत पिएर अघाउँदा रहेछन्..!!
 
 
डढेलो लागेको जिन्दगी देखेर..
सपनाहरुले सताउँदा रहेछन्..!!
 
 
यो कस्तो अचम्म गजल पाठशालामा..
शिष्यले गुरुलाई पढाउँदा रहेछन्..!!
 
चिहानको त्यो माटो झिकेर पापीले..
सालिन्दार महल बनाउँदा रहेछन्..!
 
== नेपाली कविहरूको जीवनी र शुची ==
 
"https://ne.wikipedia.org/wiki/कविता" बाट अनुप्रेषित