"संविधान" का संशोधनहरू बिचको अन्तर

removing personal attribute
पङ्क्ति २४:
 
दर्शनशास्त्रमा स्वरूप र चरित्रका सम्बन्धमा महत्वपूर्ण व्याख्या गरिएको रहेछ । दार्शनिक अभिमत भन्छ कि वस्तुको भौतिक स्वरूपमा जतिसुकै रङरोगन गरे पनि रूप वा चरित्र पदार्थको प्रधान पक्ष हो । स्वरूप सहायक मात्र हो । यो अभिमत पदार्थमा नभई समाज, विज्ञान र राजनीतिमा पनि उसरी नै लागू हुन्छ । नेपालका कम्युनिष्टहरूसमेत यही अभिमतका पृष्ठपोषक हुन् । उनीहरू पनि राज्यसत्ताको स्वरूपमा नभई चरित्रमा रूपान्तरणको बहस गर्छन् । उनीहरूको विचारमा स्वरूप माथिको अतिमोह नभई समाज परिवर्तनको बहस शुरू गर्नुपर्छ । तर, नेपाली राजनीतिमा राज्यको शासकीय स्वरूपमा चर्को बहस चलिरहेको छ । तर, चरित्रमाथिको बहस निकै मधुरो सुनिन्छ । त्यसो त शासकीय स्वरूपको अति अग्रज नेताहरूको शक्तिसङघर्ष र महत्वाकाङ्क्षासँग सम्बन्धित छ । जबकि नागरिकका लागि त जनमुखी चरित्रको राज्य निर्माण सबैभन्दा मुख्य कुरा हो । त्यसैले संविधानसभा २ मा राज्यको चरित्रमाथिको बहस चलाउनु परेको छ । यसका लागि निर्वाचनसँगै राज्यको चरित्र कस्तो बनाउने भन्ने प्रश्नको राजनीतिक जवाफ खोजौं अन्यथा दुईपटक त के हजारपटक संविधानसभाको निर्वाचन गरे पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात नै हुनेछ ।
 
 
 
-हिक्मत शाही नेपाली काँग्रेस सिन्हासैन दैलेख
 
== संवैधानिक देशको सिद्धान्त ==
"https://ne.wikipedia.org/wiki/संविधान" बाट अनुप्रेषित