"सुरेल जाति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २५:
 
[[श्रेणी:नेपालका जनजातीहरू]]
लोप हुने क्रममा नेपालको दुर्लव जाती सुरेल
चार जात छत्तिस बर्णको साझा फुलबारी मा आफ्नो छुट्टै बिशेषता, धर्म सस्कृति, रितिरिवाज तथा परम्पराको साथ्मा हुर्कदै आएको देश कै एक मात्र स्थान दोलखा जिल्लाको सुरी गा बि स वडा न७ मा बसोबास गर्दै आएका एक जाती हो सुरेल करिब ३० (३५ मात्रै घरधुरी भएका यस जातीको जनसख्या २०० भन्दा बढी छैनर भएका मध्ये पनि गरीबी, रोज्गारिको अभाब तथा आर्थिक बिपन्नताले गर्दा स्थायी वा अस्थायी रुप्मा बसाई सरेर जाने गरेकोले पनि यिनिहरुको जनसंख्या झन काम हुँदै गएको छ र एकातिर युबाहरु बिदेशिने र अर्कोतिर भएका युवावर्ग पनि आफ्नो थार परिवर्तन गरेर सुनुवार लेख्न थालेका छन , यसरी हेर्दा सुरेल जातिको अस्तित्व नै संकटमा परेको अनुभुती गर्न सकिन्छ भने बुढापाकाहरु आफ्नो अस्तित्व नै मेटिने चिन्ता गर्छन् , तर कोही युवावर्ग भने सुरेल र सुनुवार उस्तै हो भन्छन भने कोही चान्ही आफुलाई अरुले हेपेर सुरेल भन्ने गरेकोले सुनुवार लेख्न थालेको बताउछन र
सुरेल जातिको उत्पतिको बारेमा स्थानिय बुढापाकाहरुको अनुसार ५०० बर्ष पहिले रामेछाप जिल्ला सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुइजना ससुरा र ज्वाँई शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनिहरु सुरी पुगेका थिए र पछी त्यही नै बसोबास गर्न थाले र यसरी उनिहरु सुरिमा नै बसेकोले सुरेल भनिन थालेको हो र र अर्को किम्बदन्ती अनिसार जब जिरेल को उत्पत्ती भयो, जुन जिरीमा अबस्थित थियो तर पछी केही जिरेल्हरु छुट्टीएर सुरिमा बस्न पुगे त्एती बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्ने लाई सुरेल भनियो भन्ने पनि गर्दछनर वास्तवमा जिरेल र सुरेल उस्तै उस्तै हुन र
यसरी आफ्ना जातिय परम्परा हराउदै गएकोमा बुढा बुढी मात्रै नभएर युवा वर्ग हरु पनि चिन्तित हुन थालेका छन र पढेलेखेका र बुझ्ने युवाहरु आफ्नो धर्म, सस्कृती जोगाउनु पर्ने आवश्यकता महसुस गर्न थालेका छन र आफ्नो जातिय धर्म सस्कृतिको जगेर्ना मा लागेपनी पढ्ने र अली बुझ्ने केही युवाहरुले नै आफ्नो थर परिवर्तन गर्न थालेकोले यिनिहरुको अस्तित्व झन संकटमा पर्न थालेका छन
"https://ne.wikipedia.org/wiki/सुरेल_जाति" बाट अनुप्रेषित