"सुरेल जाति" का संशोधनहरू बिचको अन्तर

==सन्दर्भ सामाग्री==
<references/>
निगाले चित्रा र रातमाटाले लिपेका छाप्रा सुरेल बस्तीका पहिचान थिए । झन्डै दुई दर्जन झुप्राबाट स्कुल आउनेहरू न्यून हुन्थे । किशोर अवस्थाबाट परदेशमा श्रम गर्न लाग्नाले पढ्नेहरू नगन्य हुन्थे । साना र प्रौढहरू बनीबुतो र खेतीपातीबाट जीवन निर्वाह गर्दै गाउँ बस्थे ।
 
लोपोन्मुख सुरेल बस्तीलाई विगत ३० वर्षदेखि नियाल्दै आएका स्थानीय शिक्षक रामबहादुर खड्का भन्छन्, 'त्यो बेला सुरेल बस्तीकै विष्णेश्वरी प्राविमा एका दुई सुरेल केटाकेटी मात्र भर्ना हुन्थे ।' तीन दशकदेखि विष्णेश्वरीमै प्रधान अध्यापकको भूमिका निर्वाह गर्दै रहेका रामबहादुर अहिले पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा २८ जना सुरेल बालबालिका पाउँदा खुसी छन् ।
 
सुरीमा बस्दै आएका सुरेलको अहिले जम्माजम्मी दुई सय २७ जनसंख्या पुगेको छ । त्यस बेला सयको हाराहारीमा रहेका सुरेल बालबालिका सानैदेखि घरेलु श्रममा हुन्थे । किशोर अवस्था टेक्न नपाउँदै बाउ वा दाजुसँग कठिन श्रम गर्न परदेशिनु परिहाल्थ्यो ।
 
गरिबी र अशिक्षाका कारण शिक्षालाई प्राथमिकतामा नराखेका कारण उनीहरू श्रम, खेतीपाती र डोको, नांगाले जस्ता परम्परागत व्यवसायबाट जीविका गर्थे । 'सानो जनसंख्याका सुरेलमा अहिले पढ्नेहरू ५० जना पुगिसकेका छन्,' प्रअ खड्का भन्छन्, 'छ जना सुरेलले एसएलसी गरेकामा तीनजना कलेजसमेत पढ्दै छन् ।'
 
कहीँकतै नभएको अनौठो जाति भएकाले हिनताबोधले सुरेल जातसमेत फेर्दै सुनुवार लेखाउन थालेका सुरेल अहिले आफ्नै जातमा गर्व ठान्न थालेका छन् । उनीहरूले अहिले पढाइलाई पहिलो प्राथमिकतामा राखेको पाइन्छ ।
 
युरोपेली युनियनले लोपोउन्मुखको शिक्ष्ाा र जातीय पहिचान कार्यक्रम सञ्चालन गरेपछि सुरेल बस्तीमा पढाइबारे बढी चर्चा हुने छ । 'अहिले पढ्ने उमेरका पढ्ने र बाँकी जातीय पहिचान जोगाउँदै इलममा लाग्ने गरेका छन्', सुरेल जाति उत्थान समाज केन्द्रीय सदस्य शिवहादुर सुरेलले बताए ।
 
भारतको कोलकातामा पुर्खादेखि किशोर अवस्था भयो कि श्रम गरेर गुजरा गर्दै आएका सुरेल समुदाय अहिले सरकारले दिएको लोपोन्मुख भत्ता र कृषिबाट आर्जन बढाएर गाउँमै बस्ने अवस्था सिर्जना हुँदै गएको शिवबहादुरको भनाइ छ । छाप्राछुप्री पुराना घर भत्काएर अधिकाशंले ढुंगा माटा र जस्ताका पक्की घर बनाएका छन् ।
 
जनसंख्या बढ्दै अहिले तीस घरधुरी पुगेको सुरेल बस्तीमा भाषागत अध्ययन, जातीय पहिचान र संस्कृति जोगाउने अभियान पनि सुरु भएको छ । स्थानीय युवा विनोद सुरेलका अनुसार नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा सञ्चालित जनसीप कार्यक्रमले वकालत केन्द्र सञ्चालन गरेपछि जाति, धर्म, संस्कृति जोगाउने अभियानले तीव्रता पाएको हो ।
 
सहकारी, उत्पादन र तरकारी खेतीले आर्जन वृद्धि भई पोषणयुक्त खाना पाएपछि सुरेलको बाल मृत्युदर र खासगरी क्षयरोगबाट मृत्यु हुनेको संख्यामा कमी आएको सुरेल जातिको खोजकर्ता प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बताए ।
 
==यो पनि हेर्नुहोस==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/357262" बाट अनुप्रेषित