"२०१३ मा प्रदान गरिएका नोबेल पुरस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
ब्रम्हाण्डमा रहेको पिण्ड सम्बन्धि एउटा सिद्धान्तमा काम गरेका दुई वैज्ञानिकहरूलाई दिइएको छ।संयुक्त अधिराज्यका पिटर हिग्स र बेल्जियमका फ्राँस्वाँ एङ्ग्लर्टलाई सो पुरस्कार संयुक्त रूपमा दिइएको छ।ब्रम्हाण्डको आधारभूत बनावटमा पिण्ड किन रहेको हुन्छ भन्ने कुरा बुझाउन सन् १९६० को दशकमा एउटा संयन्त्र प्रस्ताव गर्ने थुप्रै भौतिक शास्त्रीहरू मध्ये ती दुई पनि थिए।
"अणु भन्दा पनि स्यान कणहरू मिलेर बन्ने पिण्डबारे बुझ्न सैद्धान्तिक विधि पत्ता लगाए वापत यो पुरस्कार दिइएको छ, र त्यो कुरा हालै सर्नस्थित लार्ज ह्याड्रन कोलाइडरले पुष्टी गरेको थियो।“|'गड पार्टिकल'समेत भनिने हिग्स बोसोन कणले पदार्थलाई वजनयुक्त बनाउने गर्छ। वैज्ञानिकले हिग्स बोसोन कणका कारण नै पदार्थका अणुले वजनदार बनाउने भएकाले ग्रह, तारा र ब्रह्माण्ड निर्माण हुने बताउँछन्। - See more at: http://www.nagariknews.com/world/europe/story/8485#sthash.0HJ7oInC.dpuf
 
चिकित्साशास्त्र:
अमेरिकाका जेम्स रोथम्यान, र्‍यान्डी सेकम्यान र जर्मनीमा जन्मेका थोमस सुडहफलाई जीवकोषभित्र हुने प्रोटिन ओसारपसार प्रणालीबारे गरेको अध्ययनका लागि ।
 
नोबेल पुरस्कार समितिले उनीहरूको अध्ययनले मधुमेहलगायत रोग प्रतिरोधात्मक प्रणालीमा देखिने खराबीबारे जानकारी पाउन र उपचारमा सहयोग पुग्ने उल्लेख गरेको छ।ती वैज्ञानिकद्वारा एउटा जीवकोषमा परमकोष(मोलेक्युल)ले कसरी काम गर्छ र आन्तरिक यातायात प्रणालीमा भेसिकल्स भनिने साना फोकाका आधारमा कसरी चारैतिर घुम्छ भेसिकल्स कसरी ठिक समयमा ठिक ठाउँमा पुग्छन् भन्ने पत्ता लगाएक थिए |
 
तीनै जना वैज्ञानिक अमेरिकाका विश्वविद्यालयमा प्राध्यापक छन्। उनीहरूले भेसिकल प्रणालीबारे स्वतन्त्र रूपमा विभिन्न अध्ययन गरेका छन्। ६४ वर्षे सेकम्यान बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयका मोलेक्युलर जीवशास्त्रका प्राध्यापक हुन्। ६२ वर्षे रोथम्यान येल विश्वविद्यालयमा जीवशास्त्र विभाग अध्यक्ष हुन्। ५८ वर्षे सुडहफ स्ट्यानफोर्ड विश्वविद्यालयका मोलेक्युलर जीवशास्त्रका प्राध्यापक हुन्। सेकम्यानले सन् १९७० मा अनुसन्धान थालेका थिए। त्यस बेला उनी जीवकोषको आनुवांशिक अध्ययनमा रुचि राख्थे। उनले आफ्नो अनुसन्धान इस्ट(मर्चा)मा केन्द्रित गरेका थिए। सन् १९८० र ९० को दशकमा रोथम्यानले स्तनधारीको कोषमा भेसिकल्स यातायात प्रणालीबारे अध्ययन गरेका थिए। सुडहफले स्नायु कोषहरू मस्तिष्कमा एकआपसमा कसरी सञ्चार गर्छन् अध्ययन गरेका थिए।
 
*[[नोबेल पुरस्कार]]
 
[[श्रेणी:पुरस्कार]]
 
[http://www.nagariknews.com/world/europe/story/8485#sthash.0HJ7oInC.dpuf]
[http://www.nagariknews.com/world/america/story/8436#sthash.cFaxHhZn.dpuf]