"मरिच" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६४:
:[[नीम|नीमको बोक्रा]] , कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान\बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।
*पुरानो खोकीमा\
:सूठो, पिप्ला र मरिच एक\एक भाग तथा ३ भाग [[कपुर]] पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक\एक गोली दिनमा खिनमा तीन\चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
*भोक जगाउन
:१ डाडु [[भाङ|भाङको]] गेडाको धूलोमा १ चम्चा [[मरिच|मरिचको धूलो]] मिसाउने र बिहान खाली पेटमा १ चम्चा [[मह|महसँग]] फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।
*दम खोकीमा
:आधा चम्चा [[दालचिनी|दालचिनीको धूलो]] , एक चिम्टी मरिचको धूलो, आधा चम्चा [[जेठीमधु|जेठीमधुको]] धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो वेलुका खाने गरेमा ठिक हुन्छ । अथवा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी [[मरिच]] र [[मिश्री]] फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ ।
*पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
:[[हिङ]], जाइफल, [[केशर]] र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने ।
पङ्क्ति ७४:
:यस प्रकारको रोगमा [[जिरा]] र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
*अजीर्ण (खाएको नपच्ने) भएमा
:छोकडा, मरिच, [[नुन|सिदेनुन]], मुनक्का [[दाख]] र [[जीरा]] बराबर पिनेर कागति[[कागती]] हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
*दाँत कीराले खाएमा
:दाँतको प्वालमा [[कपुर]] हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, [[खयर]], [[कपुर]] बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
*काला ज्वरो आएमा
:दतिउनको पात, मरिच र [[लसुन]] तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र [[सखर]] हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
"https://ne.wikipedia.org/wiki/मरिच" बाट अनुप्रेषित