"कृष्णमोहन श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै, replaced: गर्यो → गर्‍यो
पङ्क्ति ९:
श्रेष्ठ नेपालको द्व्न्द्वमा मारिने सबै भन्दा उच्च तहका सुरक्षाकर्मी हुन्। तत्कालिन सशस्त्र प्रहरी बलका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, उनकी पत्नी [[नुडुप श्रेष्ठ]] र अंगरक्षक [[सशस्त्र प्रहरी नायव निरीक्षक]] [[सूर्यप्रसाद रेग्मी]] गोली प्रहारबाट मारिएका थिए<ref name=ausnepal>http://www.ausnepalnews.com/index.php?action=news&newsId=17531</ref>। <ref name=nyt>http://www.nytimes.com/2003/01/26/world/nepal-s-police-chief-killed.html</ref><ref name=cnn>http://articles.cnn.com/2003-01-25/world/nepal.attack_1_maoist-rebels-nepal-police-royal-nepalese-army?_s=PM:asiapcf</ref>. उनीहरू लाई नियमित मर्निङ वाकमा जाँदै गर्दा माओवादीले गोली हानेको थियो त्यसको तीन दिनपछि सरकार र माओवादीबीच दोस्रो पटक द्विपक्षीय युद्धविरामका लागि सहमति भएको थियो। <ref name=ausnepal /> । हाल त्यस ठाउँमा '''कृष्णमोहन-नुडुप स्मृति उद्यान''' निर्माण गरिएको छ<ref name=ausnepal />। उनी प्रहरी सङ्गठनभित्र अत्यन्त शालीन, भद्र, मृदुभाषी, सक्षम र योग्य व्यक्तिको रूपमा चिनिन्थे <ref name=weeklynepal />।
 
कृष्णमोन श्रेष्ठको जन्म वि.सं. २००३ साल फागुन ३ गते संखुवासभा जिल्लाको चैनपुर बजारमा भएको थियो। वि.सं. २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका श्रेष्ठ २०५७ साल माघ १९ गते बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक बनेका थिए<ref name=ausnepal />।
 
==जीवनी==
पङ्क्ति १९:
चैनपुरस्थित स्थानीय [[श्री सरस्वती माध्यमिक विद्यालयबाट]] पूरा गर्दै धरानस्थित महेन्द्र कलेजबाट आई.ए. र त्रिचन्द्र कलेज काठमाण्डौंबाट अंग्रेजी विषय लिई स्नातक गरेका श्रेष्ठले प्रहरी सेवामा कार्यरत रहँदा बेलायत स्थित लाईसेस्टर युनिभर्सिटीबाट क्रिमिनल जस्टिस एण्ड पुलिस म्यानेजमेन्ट विषयमा पोष्ट ग्र्याजुएट गरेका थिए।
 
स्नातक गरेको लगत्तै [[चैनपुर]]मा आफैले अध्ययन गरेको स्कुल [[श्री सरस्वती मा.वि. चैनपुर]]मा २०२५ देखि २०२७ साल सम्म प्रधानाध्यपकका रूपमा सेवा गरेका श्रेष्ठ । २०२७ सालमा खुल्ला प्रतियोगिताबाट छनौट भई प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरी नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डि.आई.जी.पी.) हुँदै नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (ए.आई.जी.पी.) सम्म भए । त्यसै बेला तत्कालीन सरकारद्वारा नेपाल प्रहरी तथा [[शाही नेपाली सेना]]बाट अधिकारीहरू लिएर एउटा अर्धसैन्य बलको गठन गर्यो।गर्‍यो। यसरी गठन गरिएको [[सशस्त्र प्रहरी बल]]को पहिलो महानिरीक्षकको रूपमा २०५७ साल माघ १९ गते कृष्णमोहन नियुक्त भएका थिए<ref name=hamrosankhuwasabha /> ।
 
कृष्णमोहन श्रेष्ठको [[व्याडमिण्टन]], [[भलिबल]] र [[फूटबल]] जस्ता खेलहरूमा निकै गहिरो रूचि थियो। उनी साहित्य तथा संगीतको क्षेत्रमा समेत रुचि राख्थे भने समाज सेवामा समेत उनी कृयाशील थिए।