"मरिच" का संशोधनहरू बिचको अन्तर

 
*कपाल दुखेमा
:गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।
*आधा टाउको दुखेमा
:मरिचलाई पानीमा पिनेर लेप बनाउने र दाहिने पट्टिको कपाल देखेको भए देब्रेपट्ट्रिेको कंचटमा लेप लगाउने र देब्रे पट्ट्रिेको कपाल देखेको भए दाहिनेपट्टिको कंचटमा लेप लगाउने गरेमा ठीक हुन्छ ।
*रुघाखोकी लागेमा
:१०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ ।
*पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा
:२५ दाना मुनक्का दाखको गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान दिएर सिरक ओडेर सुत्न लगाउनुहोस्, यस्तो प्रक्रिया
अपनाएमा १ पटकमा नै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेको रोग ठीक हुन्छ ।
*कफ र खोकी लागेको रोगमा
:१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।
*हिक्क आउनेमा
:हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठिक हुन्छ ।
*कफ जमेर गाह्रो भएमा
:फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।
*फियो बढेमा
:कागतिको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।
*जाडोले कामज्वरो आएमा
:एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
*आँखामा रतन्धो भएमा
:दहीमा फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।
*आँखाको कुनैपनि रोगमा
:गाईको घ्यूमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु समन हुन्छन् ।
*घाँटी सुनिएमा, टंसिल बढेकोमा
:पानीमा मरिच पिनेर लेप बनाएर घाँटीमा लगाउने गरेमा घाँटी सुनिएको, टंसिल बढेको आदि रोग निको हुँदै जान्छ ।
*अंग नचलेमा वा पक्षघात भएमा
:मरिचको धूलो, निमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।
*दाँत दुख्ने रोगमा
:मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
*अल्काई भएमा
:एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
*शरीर सुनिएकोमा
:मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।
*अमलपित्तको रोगमा
:फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।
*चिसोले कपाल दुखेमा
:मरिच र दालचिनीको लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।
*औलोको ज्वरोमा
:नीमको बोक्रा, कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान\बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/355242" बाट अनुप्रेषित