"रोल्पा जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
 
==यातायात==
माडी नदीको पुल २०५२ सालमा नै निर्माण भएकोले सोही वर्षदेखि जिल्लामा लिवाङ-काठमाडौं रात्री बस सेवा तथा छिमेकी जिल्ला दाङको घोराही र भालुवाङवाट दैनिक दिवा वस सेवा नियमित र वर्षामा मौसम अनुकुल साचालन भईरहेका कारण लिवाङसम्म कच्ची बाटो भएतापनि सहजै पुग्न सकिन्छ। यसरी नियमित यातायात (वस/ट्रक) सेवाबाट जिल्लाका व्यापारीहरूलाई आफ्नो सामान ढुवानी र आवत-जावत गर्न सुविधा पुग्नुको साथै सर्वसाधारणहरूलाई पनि जिल्ला बाहिर आवत-जावत गर्न सुविधा पुगेको छ। दाङको भालुवाङदेखि लिवाङसम्मको सडक विसं २०६७ मा कालोपत्र गरिए पछि सवारी आवागमन झनै सहज भएको छ । यो सडकको अतिरिक्त रोल्पा जिल्लाको सदरमुकाम लिवाङ र दाङ जिल्लाको सदरमुकाम घोराहीलाई जोड्ने अर्को सडक जिल्लाको पश्चिमी भागलाई छोएर निर्माण गरिएको छ । होलेरी, नुवागाउँ, गैरीगाउँ तिला, माडिचौर हुँदै लिवाङ पुग्ने यो बाटो भने कच्ची छ । कच्ची बाटो र माडी खोलामा पुल भएको कारणले गर्दा बर्षाद्का महिनाहरूमा भने यो बाटो अवरुद्ध हुने गरेको छ । त्यसै गरी रोल्पाको थवाङलाई जोड्ने सहिद मार्ग निर्माणाधिन छ । यो सडकको घर्तीगाउँसम्म यातायत सेवा सुरु भइसकेको छ ।
 
==नदीनाला==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/354204" बाट अनुप्रेषित