"सुवि शाह" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''सुवि शाह''' (वि. सं. १९८५ - वि. सं. २०६५) लाई नेपाली लोकसंगीतका पारख...
(कुनै भिन्नता छैन)

००:५१, २२ अगस्ट २०१३ जस्तै गरी पुनरावलोकन

सुवि शाह (वि. सं. १९८५ - वि. सं. २०६५) लाई नेपाली लोकसंगीतका पारखी मानिन्छ । उनको खास नाम सुरेन्द्रविक्रम शाह हो ।

जीवनी

शाहको जन्म वि. सं. १९८५ फागुन १२ मा धादिङ जिल्लाको जगरज्यामरुङ ब्यारेक (ज्यामरुङ दरबार) मा भएको हो । बुवा चन्द्रविक्रम शाह नुवाकोटमा बडा हाकिम भएकाले वि. सं. १९८९ सालबाट ४ वर्ष उनी नुवाकोटमै बसे । वि.सं. १९९३ सालबाट बुबा गोर्खा जिल्ला सरुवा भए । उनी बुबासँगै गए । त्यहिं पाठशाला र गोर्खा दरबारमा पढे । त्यहाा उनले अंग्रेजीको फर्स्टबुक र संस्कृतमा लघुसिद्धान्त कौमुदीका साथै बुद्धिचानक, रामायण र महाभारतका पुस्तक पढे । वि. सं. १९९६ मा बुबाको जागिर सकियो । उनको परिवार ज्यामरुङ फर्कियो ।

उनको परिवार २००२ मा धादिङ छाडेर काठमाडौं आयो । उनले काठमाडौंमा जुद्धोदय स्कुलमा पढे ।

बुबा चन्द्रविक्रम पनि संगीतमा सौखिन भएकाले सुवि शाहलाई लोकसंगीतमा लाग्न मौका मिल्यो । लोकसंगीतका विभिन्न विधामा लाग्दालाग्दै वि. सं. २०११ सालमा नेपाली सेनाको क्लर्क हुद्दा पदमा भर्ना भए । सेनामा रहँदा पनि उनले विविध लोकसंगीत एवं संस्कृतिको अध्ययन गर्ने अवसरहरू पाइरहे । त्यहाँ उनले रेडियोबाट कथा, कहानी, कविता, सीतार एवं बाँसुरीका विभिन्न धुनहरू र मादलका अनेक तालहरू बजाउने मौका पाए । उनले सेनामा ३७ वर्ष सेवा गरे ।

उनको वि. सं. २०६५ वैशाख १५ मा वीरेन्द्र सैनिक अस्पतालमा उपचारका लागि लाँदालाँदै बाटोमै निधन भयो ।

कृतिहरू

उनका विभिन्न पत्रपत्रिकाहरुमा लोकसंगीतसम्बन्धी लेख र कविताहरु पनि प्रकाशित भए । संगीतसम्बन्धी विभिन्न पुस्तक, लेख र कार्यपत्र समेत लेखेका सुवि शाहका प्रकाशित कृतिहरूः

  • मादल (संगीत, वि.सं. २०३५)
  • बालन गाथाको झलक (संस्कृति, वि.सं. २०४५)
  • नुवाकोटको युद्ध संबन्धी पाङ्‌दुरे नाच (धार्मिक, वि.सं. २०५५)
  • नेपाली लोकगीतको झलक (संस्कृति, वि.सं. २०६२)

बाहिरी लिङ्कहरू