"साउन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। सौर्य मास शुत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतीका दिन देखि मानिन्छ भने चन्द्रमासका अनुशार साउनको सुरुवात अषाड पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ। शाक्य पञ्चांगका अनुशार श्रावण महिनाको सुरुवात कर्कट सक्रांतीको ५ दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको [[जुलाइजुलाई]] र [[अगस्त]] आधा आधा महिना श्रावण महिनाम पर्दछन्। श्रावण महिना [[वर्षा ऋतु|बर्षाऋतु]]को पहिलो महिना हो। यो महिनामा [[सूर्य]] [[कर्कट राशि]]मा रहन्छ।
==चाड पर्वहरू==
श्रावण महिनामा [[नेपाल]] तथा [[भारत]]का मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।
#श्रावण एक गते विभिन्न [[रोग|रोग व्याध]]को शान्तिकोलागी [[राँके सक्रान्ति]] पर्व मनाई विभिन्न प्रकारले लुतो फाल्ने पुरानो परम्परा छ।
#श्रावण [[कृष्णपक्षकृष्ण पक्ष|कृष्ण]] [[चतुर्दशी]]का दिन [[काठमाण्डौ उपत्यका]]का [[नेवार]]हरूले [[गठेमंगल]] पर्व मनाउने गर्दछन्।
#श्रावण [[शुक्लपक्षशुक्ल पक्ष|शुक्ल]] [[पञ्चमी]]का दिन [[नागपञ्चमीनाग पञ्चमी]] पर्दछ। यस दिन [[नाग]]को चित्र बनाएर घरमा टाँस्नाले [[सर्प]] र [[चट्याङ]]को डर हुदैन भन्ने परम्परा रहेको छ।
#श्रावण शुक्ल चतुर्दशीका दिन नेपालको [[मध्य -पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर -पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]का साथै भारतको [[उत्तराखंड]] र [[हिमांचमहिमांचल प्रदेश]]मा समेत विभिन्न देवी मन्दिरमा पुजा गरिने [[मालिका चतुर्दशी]] पर्दछ। नेपालका प्रमुख मन्दिरहरू मध्य एक मानिने [[बाजुरा जिल्ला|बाजुरा]]को [[बडिमालिका|बडिमालिका मन्दिर]]मा यसै दिनमा पुजा गरिन्छ।
#श्रावण शुक्ल [[पुर्णिमा]]को दिनमा [[जनै पुर्णिमा]] र [[रक्षा वन्धन]] दुईवटा पर्व पर्दछन्। यस दिनमा तागाधारी हिन्दूहरूले धारण गर्ने [[जनै]]को पुजा गरेर भंडार गरी राख्ने प्रचलन छ। साथै यस दिनमा नेपालको तराई क्षेत्र तथा भारतमा दिदि बहिनिहरूले आफ्ना दाजु भाईहरूको हातमा राखी अथवा रक्षाबन्धन बाँध्ने गर्दछन्। यसै दिन पश्चिम नेपालमा यहाँका स्थानिय जस्तै:- [[नैनेल देवता|नैनेल]], [[मष्टा देवता|मष्टा]], [[अधिकारी देवता|अधिकारी]], [[जगनाथ देवता|जगनाथ]], आदि देवी देवताहरूको पुजा गरिन्छ।
==हेर्नुहोस्==
{{महिनाहरू}}{{ऋतुहरू}}
"https://ne.wikipedia.org/wiki/साउन" बाट अनुप्रेषित