"आषाढ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''आषाढ''' वा '''असार''' १२ महिनाहरू मध्यको तेस्रो महिना हो । सौर्यमा...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''आषाढ''' वा '''असार''' १२ महिनाहरू मध्यको तेस्रो महिना हो । सौर्यमासका अनुशार अषाड महिना मिथुन संक्रान्तीको दिनबाट सुरु हुन्छ । चन्द्रमासको अनुशार अषाडको महिना जेष्ठ पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ । शाक्य पञ्चागका अनुशार अषाडको महिना मेषवृष सक्रांतिको पाँच दिन पछाडी देखि सुरु हुन्छ। समान्यतया सूर्यमास शुत्रनै प्रयोगमा ल्याईएको पाइन्छ। अषाड सालको तेस्रो महिना र [[गृष्म ऋतु|गृष्मऋतु]]को दोस्रो महिना हो । अङ्ग्रेजी महिनाको आधा [[जुन]] महिना आधा [[जुलाई]] महिना आषाढ महिना भित्र पर्छ ।
==चाड पर्वहरू==
असार महिनामा [[नेपाल]] तथा [[भारत]]का मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।
#महिनाको पहिलो दिन भुमे सक्रांती पर्व पररदछ। यस दिन [[भुमे पुजा]] अथवा भुमे देवताको पुजा गर्ने प्रचलन रहेको छ। नेपालको [[मध्य पश्चिमाञ्चल विकाश क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]का [[मगर खाम|खाम भाषा]] प्रयोग गर्ने [[मगर]]हरू यस दिन दिउँसो जंगलमा गएर झुमभुम र [[भकिमिला]]को लठ्ठिहरू काटेर ल्याउने, साँझ भुमे पुजा गरिसकेपछी लठ्ठिले सबै गाउँका घरको छानाहरू ठटाउने गर्दछन्। यसरी छाना ठटाए वापत घर मुलीले छाना ठटाउनेहरूलाई रोटी दिने प्रचलन छ। रात्रीमा उनिहरू झुमभुम कानमा सिउरेर [[फुर्कानाँच]] गरी रमाइलो गर्दछन्।
#असार [[कृष्ण पक्ष|कृष्ण]] [[अष्टमी]]का दिन [[पशुपतिनाथ मन्दिर|पशुपति]]मा त्रिशुल जात्रा हुन्छ।
#आषाड [[शुक्ल पक्ष|शुक्ल]] [[द्वितीया]]का दिन जगन्नाथ रथयात्रा हुन्छ।
==हेर्नुहोस्==
{{महिनाहरू}}{{ऋतुहरू}}
"https://ne.wikipedia.org/wiki/आषाढ" बाट अनुप्रेषित