"सूर्यमान गुरुङ" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, added deadend tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
२०१४ सालको भद्र अवज्ञा आन्दोलनमा भाग लिएर राजनैतिक यात्रा शुरु गरेका ६४ वर्षीय सूर्यमान गुरुङ ताप्लेजुङ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। उहाँले यस अघि २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा पनि सोही क्षेत्रबाट चुनाब लड्नुभएको थियो। हाल नेपाली काङ्ग्रेस, ताप्लेजुङ जिल्ला सभापति रहनुभएका गुरुङले पार्टी प्रशिक्षण विभाग सदस्य र आदिवासी-जनजाति संघको उपसभापतिको जिम्मेदारी सम्हालिसक्नुभएको छ। राजनैतिक संघर्षका क्रममा उहाँले पाँच वर्ष जेलमा र नौ वर्ष निर्वासनमा बिताउनुभएको छ। पूर्व राजा वीरेन्द्रको राज्याभिषेक ताका उहाँ अढाई वर्ष जेल पर्नुभएको थियो।
दार्जिलिङ, भारतबाट स्नातक तहसम्मको अध्ययन गरेका सभासद गुरुङ ३ छोरी र २ छोराका पिता हुनुहुन्छ। राजनीति बाहेक कृषि उहाँको पेशा हो भने अध्ययन रुचिको विषय। नेपाल रेडक्रस, नेत्रज्योति[[नेपाल नेत्र-ज्योति सङ्घ]] लगायतका सामाजिक संघसंस्थामा आवद्ध गुरुङका लेखरचना पत्र‍-पत्रिकामा प्रकाशित हुँदै आएका छन्। आफ्नो राजनैतिक निष्ठा र आफूप्रति सबै जातको सदभावका कारणले आफू संविधानसभामा विजयी भएको बताउने गुरुङले राज्य पुनः संरचनामा सबै जातजातिको समावेशी प्रतिनिधित्व हुनुपर्ने र सङ्घीयताका बारेमा वैज्ञानिक विश्लेषण गरी आधारहरूको किटान हुनुपर्ने मुद्दा प्रमुखतासाथ उठाउने संकल्प गर्नुभएको छ।
 
<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>