"गोवर्द्धन विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''गोवर्द्धन विक्रम शाह''' (वि.सं. ) नेपालका पहिलो व्यङ्ग्य-चित्रका...
(कुनै भिन्नता छैन)

२०:४३, १० अगस्ट २०१३ जस्तै गरी पुनरावलोकन

गोवर्द्धन विक्रम शाह (वि.सं. ) नेपालका पहिलो व्यङ्ग्य-चित्रकार (छापामाध्यमको कार्टुन) हुन् ।

जीवनी

शाहको जन्म वि.सं. १९९० साल भदौमा काठमाडौंमा भएको हो । उनले राजनीतिशास्त्रमा एम. ए. गरेका छन् । उनले परराष्ट्र मन्त्रालय अन्तर्गत विभिन्न तह हुदैँ उपसचिवको जिम्मेवारी सम्हालेका थिए ।

नेपालको पहिलो कार्टुन-चित्र

२०१४ साल साउन महिनाको पहिलो हप्ता संयुक्त प्रयास पत्रिकामा शाहको कार्टुन प्रकाशित भएपछि मात्र नेपाली छापामाध्यममा अरु कलाकारको समेत कार्टुन प्रकाशनमा आउन थालेको इतिहास छ । बेलाबखत अरु कलाकारको पनि कार्टुन सो समयभन्दा अगाडिनै छापिएको थियो बन्ने हल्ला चलेको भएतापनि आधिकारिक रुपमा दस्तावेज नभेटिएको बताइन्छ ।

पुरस्कार/सम्मान

नेपालका कार्टुनिष्टहरुको साझा संस्था कार्टुनिष्ट क्लब अफ नेपालले पहिलोपल्ट नेपाली छापामाध्यममा कार्टुन छपाउने अग्रज श्रष्टा शाहलाई ‘बराथा स्मृति सम्मान २०७०’ बाट वि.सं. २०७० साउनमा सम्मान ग-यो । कलाकार तथा कार्टुनिष्ट स्व. बलराम थापा (बराथा) को नाममा स्थापित ‘बराथा स्मृति सम्मान’ बाट हरेक वर्ष एकजना काटुर्निष्टलाई सम्मान गरिन्छ ।

सन्दर्भ सामग्रीहरू