"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
 
==इतिहास==
यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रुपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरि १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ। त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो। यसै नामानुसार यस क्षेत्रको आवस्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जांदा यो क्षेत्रको महत्वलाई अभैm बढि मूल्याड्ढन गरी सन २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुन्जको रुपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो। नागार्जुन वनक्षेत्र तत्कालिन राजा विरेन्द्रको निजि वनको रुपमा रहेको र राजा विरेन्द्रको वंशनास भइसकेको परिवेशमा देशको राजनैतिक परिवर्तन संगै सो वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने राजनैतिक निर्णयानुसार सन २००९ मा १५ व.कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञजमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज नामाकरण गरिएको छ।
 
धेरै अगाडी देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजांरै लिटर पिउने पानीको मुल श्रोत भएका कारण पनि यस निकुञ्जको
महत्व इतिहास काल देखी नै रहँदै आएको छ । वि.सं. २०५८ मा काठमाण्डौ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १४४ व.कि.मी भुभाग ओगटी शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा
यस निकुञ्जलाई स्थापना गरीएको थियो । त्यस पच्चात यस निकुञ्जलाई पुनः वि.सं. २०६५ मा नागार्जुन वन संरक्षण क्षेत्रको काठमाण्डौ र धादिङमा पर्ने १५ व.कि.मी भुभाग समेटी कुल १५९ व.कि.मी
मा फैलाइएको थियो ।
 
==धरातलिय अवस्थिति==
यो निकुञज समुन्द्र सतह देखि १३५० – २७३२ मि. को उचाईमा अवस्थित छ। भौगोलिक रुपमा शिवपुरी क्षेत्र २७०४५' देखि२७ ० ५२ ' उत्तरी अक्षांस तथा८५ ० १६ ' देखि८५ ० ४५ ' पूर्वी देसान्तर र नागार्जुन क्षेत्र२७ ० ४३ ' देखि२७ ० ४६ ' उत्तरी अक्षांस तथा८५ ०१३ ' देखि८५ ० १८ ' पूर्वी देसान्तर सम्म फैलिएर रहेको नेपालको मध्य पहाडको प्रतिनिधित्व गर्ने यो एक मात्र निकुञज हो।