"माधवकुमार नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
[[Image:Madhavkumarnepal328.jpg|thumb|माधवकुमार नेपाल]]'''माधवकुमार नेपाल''' - [[नेकपा (एमाले)]]का निवर्तमान महासचिव माधवकुमार नेपालको जन्म वि.सं. २००९ फागुन २६ गते [[रौटहट जिल्ला]]को गौरमा भएको हो । उहाँ तीन दाजुभाइमध्ये जेठो हुनुहुन्छ । गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एस.एल.सी. गर्नुभयो । २०२२ सालमा वीरगंज ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । बैकमा जागीर पनि खानुभयो । तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएका नेपालले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाउनुभयो । २०२८ सालमा संगठन विस्तारका लागि [[काठमाडौँ]] आउनुभयो । नेपाल सन् १९९३ देखि नेकपा (एमाले)का महासचिव हुनुहुन्छहुनु हुन्थो । उहाँमा माथिल्लो सदन [[राष्ट्रिय सभा]]को प्रतिपक्षी नेताको अनुभव पनि छ । उहाँ [[त्रिभुवन विश्वविद्यालय]]बाट वाणिज्यमा स्नातक हुनुहुन्छ । उहाँलाई [[नेपाली]], [[हिन्दी]] [[मैथिली]] र [[अंग्रेजी]] भाषाको राम्रो ज्ञान छ । सन् १९९१-९३ अवधिमा विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी वा सम्मेलनमा नेपालले भाग लिनुभएको थियो । सन् १९९० मा नेपाल संविधान सुधार सुझाव आयोगका सदस्य हुनुहुन्थ्यो भने त्यसपछिका २-३ वर्षमा राष्ट्रिय विकास परिषद् र राष्ट्रिय जलस्रोत विकास परिषद्को पदेन सदस्य हुनुहुन्थ्यो । नेपाल सन् १९९३ मा नेकपा (एमाले)को विदेश मामिला विभागका प्रमुख हुनुहुन्थ्यो । त्यस्तै, केही वर्षअघि नेकपा (एमाले)ले स्थापना गरेको प्रथम संसदीय निर्वाचन समितिका संयोजक पनि हुनुहुन्थ्यो । नेपाल सन् १९९० मा संयुक्त वाम मोर्चाको सदस्य र सन् १९९१ मा नेकपा (एमाले)को केन्द्रीय संगठन समितिका पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । सन् १९७८ मा उहाँ नेकपा (माले) का संस्थापक सदस्य र पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । नेपाल सन् १९७६ मा राजनीतिक अभियोग-राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष कारावासमा पर्नुभएको थियो । उहाँ सन् १९७५ मा समन्वय केन्द्रका संस्थापक सदस्य, १९७१-७४ अवधिमा नेपाल क्रान्तिकारी संगठन (माले) मोरङको जिल्ला सदस्य र १९७० मा [[वीरगंज]] एस.टी.आर. कलेजमा स्वतन्त्र विद्यार्थी संघको विधान मस्यौदा समितिका सदस्य हुनुहुन्थ्यो ।
 
[[category:जीवनी]]