"आइफोन फाइभ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८:
==ईतिहाँस‍==
आइफोन फोर एस बजारमा आउने बित्तिकै आइफोन फाइभको हल्ला सुरु भइसकेको थियो। सन् २०१२ जुन ३० तारिकका दिन, यस फोन बजारमा आउने मिति र यसको बनौटको बारे अनुमान गरिएको थियो। तर सन् २०१२ सेप्टेम्बर ४ तारिकका दिन एप्पल कम्पनीले [[:en:Yerba Buena Center for the Arts|यरबा बुएना सेन्टर उर दि आर्टस्]], [[:en:San Francisco|सन फ्रान्सिस्को]]मा एउटा कार्यक्रम आयोजना गर्ने घोषणा गर्यो। सेप्टेम्बर १२, २०१२ का दिन यस फोन सार्बजनिक गरिने भन्दै कम्पनीले बिभिन्न मिडियालाई निमन्त्रणा दिएको थियो।
 
आइफोन फाइभ सार्वजनिक गरिएकै दिन एप्पलले [[आइपोड नानो]] र [[आइपोड टच]] पनि बजारमा ल्याएको थियो। उक्त कार्यक्रममा एप्पलले सेप्टेम्बर १४, २०१२ देखि नै बुकिङ्ग खुल्ला रहने पनि जानकारी गरायो। २४ घण्टा नबित्दै २० लाखको हाराहारिमा बुकङ्ग भयो। यसरी बुकिङ्ग गरिँदा यो भन्दा अघिल्लो सँस्करणको फोन, आइफोन फोर एस को पनि रेकर्ड तोडिएको कम्पनीको दाबी छ। आएफोन फोर एसको बिक्री तिन दिनमा ५० लाख पुगेको थियो।
 
नोभेम्बर ३०, २०१२ मा एप्पलले आइफोन फाइभको अन्लक्ड भर्सनपनि बजारमा ल्यायो जसको मुल्य ६४९ अमेरिकी डलर हुन आउँछ।
 
==मुख्य बिषेशता==
"https://ne.wikipedia.org/wiki/आइफोन_फाइभ" बाट अनुप्रेषित