"बुद्ध धर्म" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
''ढल्के अक्षर''{{बौद्ध धर्म}}
'''बौद्ध धर्म'''मानबिय भारतकोसुख [[श्रमण परम्परा]]बाट जन्मेकोशान्तीको धर्मखोजक्रममा जन्मेको दर्शन हो। यसका प्रस्थापक महात्मा शाक्यमुनि बुद्ध ([[गौतम बुद्ध]]) थिए जसलाई बौद्ध परम्पराहरूमा वर्तमान कल्पको चौथो '''सम्यक सम्बुद्ध'''को रूपमा मानिन्छ । उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए। उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार सालहरूमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलन गयो। आज, बौद्ध धर्ममा तीन मुख्य सम्प्रदाय छन्: [[थेरवाद]], [[महायान]] र [[वज्रयान]]। बौद्ध धर्मलाई पैंतीस करोड भन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाको चौथो सबै भन्दा ठूलो धर्मको रूपमा रहेको छ ।
 
बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । जो व्यक्ति आफ्नै प्रयाशले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदेशना गर्दछन् उनलाई '''सम्यक सम्बुद्ध''' भनिन्छ । भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भैसके र भविष्यमा पनि अनेकौं सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:खनिरोधको सनातन शिक्षा दिनेछन। बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति। बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे। उनी भन्दथे, "भिक्षुहरू म केवल एउटा कुरा मात्र सिकाउंछु: दु:ख र दु:खनिरोधको उपाय ।"। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था '''निर्वाण'''को साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/347220" बाट अनुप्रेषित