"नेपाल अधिराज्यको संविधान २०४७" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:नेपाल जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
२०४६ चैत्र २६मा बहुदलिय प्रजातन्त्रको स्थापना भएपछि तत्कालीन राजा बीरेन्द्रबाट २०४७ बैशाख ८ गते “संविधान सुधार सुझाव आयोग” श्री बिश्वनाथ उपाध्यायको अध्यक्षतामा गठन भएकोमा निजले कार्यगर्न अस्वीकार गरेका थिए । २०४७ जेठ १६मा तत्कालिन सर्वोच्च अदालतका न्यायाधीस बिश्वनाथ उपाध्याय अध्यक्ष तथा सुर्यनाथ उपाध्याय सचिव रहेको ९ सदस्यीय “संविधान सुझाव आयोग” गठन भएको थियो । उक्त आयोगले संविधान मस्यौदा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको समुपस्थितिमा २०४७ भदौ २५मा राजा समक्ष पेश गरेको थियो । संविधान मस्यौदा ग्रहण गरे लगत्तै सोही दिन उक्त मस्यौदा राजाबाट प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई लाई हस्तान्तरण भएको थियो । २०४७ कार्तिक २३ गते राजा बीरेन्द्रबाट उक्त संविधान घोषणा भई जारी भएको थियो । २३ भाग १३३ धारा र ३ अनुसुची रहेको उक्त संविधानमा १३ वटा मौलिक हकहरू तथा १६ वटा राज्यका नितिहरू थियो । कार्यकारीणी अधिकार राजामा थियो । दुई सदनात्मक ब्यबस्था थियो । तल्लो सदन प्रतिनिधी सभामा २०५ क्षेत्रबाट निर्वाचित २०५ सदस्य रहने ब्यबस्था थियो । राष्ट्रिय सभामा ६० जना सदस्यहरू ह्ुन्थे जसमाकानूनमा ब्यबस्था भएबमोजिम एकल संक्रमणिय मतको आधारमा ३५ सदस्यहरू निर्वाचित हुने ब्यबस्था थियो जसका कम्तीमा ३ महिला साथै १० जना राजाबाट मनोनित सदस्य हुन्थे । अर्थ, सशस्त्र प्रहरी तथा नेपाली सेनासम्बन्धी बिधेयक राजाको पुर्वस्वीकृति लिएर मात्र संसोधन हुन्थ्यो । मन्त्रीले राजासमक्ष तथा राज्यमन्त्रीले राजासमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु पथ्र्यो । भाग १४को धारा १०१मा लोक सेवा आयोगको ब्यबस्था थियो भने धारा १०२मा काम कर्तब्य र अधिकार तोकिएको थियो । भाग १२को धारा ९७मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ब्यबस्था थियो भने धारा ९८मा काम, कर्तब्य र अधिकार तोकिएको थियो । भाग १५को धारा १०३मा निर्वाचन आयोग सम्बन्धी ब्यबस्था थियो भने धारा १०४मा काम कर्तब्य र अधिकार तोकिएको थियो । संबैधानिक परिषदको सिफारिसमा राजाबाट निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने ब्यबस्था धारा १०५मा थियो । धारा १०६मा निर्वाचन अदालतको ब्यबस्था गरिएको थियो । भाग १३को धारा ९९मा महालेखा परिक्षकको ब्यबस्था गरिएको थियो भने धारा १००मा काम,कर्तब्य र अधिकारको ब्यबस्था थियो । भाग १६को धारा १०९मा महान्याधीबक्ता नियुक्ति तथा भाग ११०मा काम कर्तब्य र अधिकार तोकिएको थियो । प्रत्येक सदनको कम्तीमा दुई तिहाई सदस्य उपस्थित भई उपस्थित सदस्यको दुई तिहाई सदस्यको बहुमतले संविधान संसोधन हुन सक्ने प्राबधान थियो । प्रत्येक राजनितिक दलबाट जम्मा उम्मेदवारको कम्तीमा ५ प्रतिशत महिला सदस्य हुनुपथ्र्यो । प्रतिनिधि सभाको बैठकमा उपस्थित दुई तिहाई भन्दा बढी सदस्यको बहुमतले ६ महिनासम्म संकटकालीन ब्यबस्था लागु गर्न सक्थ्यो ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य कडीहरू==
 
[[श्रेणी:इतिहास]]