"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

केहि मात्रामा विकिकरण गरियो
पङ्क्ति २७:
अर्को र साँच्चैको वर्ग भनेको रामेछापको निम्न वर्गको हो । रामेछापलाई अहिलेको स्थानसम्म ल्याउन उनीहरुको रगत, पसिना, श्रम, सीप र लगानीले नै काम गरेको छ भन्न सकिन्छ । सामाजिक रुपमा अपहेलित र आर्थिक रुपमा ज्यादै विपन्न यो वर्ग न त जिल्ला छोडेर कतै जान सकेको छ नत जिल्लामै केही गर्न सकेको छ।
रामेछापका नाममा केन्द्रीय राजनीतिमा महत्वपूर्ण पहुँच पञ्चालयकाल, बहुदलकाल र अहिलेसम्म कायमै छ । केन्द्रीय राज्य संचरनाको उच्च तहसम्म रामेछापेलीहरु पुगेका छन् । तर, जिल्लाका लागि उनीहरुबाट खासै योगदान भएको पाइँदैन । यहाँका विपन्न वर्गलाई जहिले पनि भोट बैंककै रुपमा मात्र प्रयोग गर्ने उनीहरु भने राजधानीबासी भन्न रुचाउँछन् ।
सरकारको २०५८ को तथ्याङ्कअनुसार रामेछापमा ७०.४४ प्रतिशत जनता आर्थिक दृष्टिले सक्षम मानिन्छन् । जसमा महिला ६९.८६ प्रतिशत र पुरुष ७१.१२ प्रतिशत रहेको छ। यहाँका जनताको मुख्य पेसा कृषि नै हो । यहाँका ८६.९१ प्रतिशत जनता कृषिमा निर्भर छन् । यसरी हेर्दा गैर कृषिमा १३.०९ प्रतिशत मात्र देखिन्छ । तर, केषिमा नयाँ प्रविधिको विकास र प्रयोग यहाँ भएको पाइँदैन । यो पनि गरिबीको कारण हो भन्न सकिन्छ । रामेछापमा तराईमा फलेका काउली र गोलभेंडा विक्री हुन्छन् तर त्यहीं उत्पादित जुनारले बजार पाएको छैन भने व्यवसायिक तरकारी खेती, जडीबुटी र फलफूल खेती हुन सकेको छैन ।
 
==सूचना प्रविधि र संचार माध्यम==
सूचना प्रविधिको विकासमा पनि रामेछाप निकै पछाडि परेको जिल्ला हो । रामेछापमा राजधानीबाट प्रकाशन र प्रसारण हुने टेलिभिजन तथा रेडियोहरु सहज रुपमा सुन्न सकिए पनि आफ्नै पहलमा कुनै गतिविधि भएको पाइँदैन । नजिकैको सोलुखुम्बू र दोलखाले एफएम रेडियो नै भएपनि संचालनमा ल्याएका छन् । केबल टेलिभिजनको सुविधान उपल्वध गराएका छन् तर रामेछापमा त्यो सुविधा अझै प्राप्त भइसकेको छैन ।