"सीता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
[[Image:Ravi Varma-Ravana Sita Jathayu.jpg|thumb|right|float|सीता अपहरण गर्दा [[रावण]]ले [[जटायू]]को पखेटा काटिदियो]]
[[File:Javanese Dance Ramayana Shinta 2.jpg|thumb|left|220px|जाभाको यो सांस्कृतिक नाचले लंकामा चौकीदार हरूका बीचमा सीताको बन्दी जीवन देखाउँछ।]]
'''सीता''' अथवा '''जानकी''' [[रामायण]] र रामकथामा आधारित अन्य रामायणहरू जस्तै [[रामचरितमानस]] की मुख्य पात्र हुन । सीता [[मिथिला]]को [[राजा जनक]]को सबैभन्दा जेठी छोरी थिईन । उनको विवाह [[अयोध्या]]को [[राजा दशरथ]]को ज्येष्ठ सुपुत्र [[श्रीराम अवतार|राम]] सित [[स्वयंवर]]मा [[शिव]]को धनुष भंग गरे पछि भयो ।
 
भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजषिर् जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन्। आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ। प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन्। उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन्।
"https://ne.wikipedia.org/wiki/सीता" बाट अनुप्रेषित