"मिथिला कला" का संशोधनहरू बिचको अन्तर

→‎सन्दर्भ सामाग्री: Correction, removed uncategorised tag using AWB
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
रामायणमा शिरध्वज जनकले मिथिलाका एक शासक सुधन्वालाई मारेर आफनो भाईलाई शासक बनाएको कुरा उल्लेख छ । यीनै शिरध्वज जनकका सन्तान हुन भनिन्छ । अर्को भनाईअनुसार यमुना नदीको बाढिबाट हस्तिनापुर ध्वस्त भएपछि राजा जनक विदेह आएका हुन । विदेहको इतिहासमा राजा जनकको शासनकाल भने महत्वपूर्ण मानिन्छ । यिनको राजधानी मिथिला थियो, त्यसैले यो क्षेत्र मिथिला प्रदेश नामले चिनिन्छ ।
मिथिला लोक–चित्रकलामा विद्यमान आदिम तत्वहरु भनेको सरल वक्र दुई चार ठाडा तेर्सा समान्तर आदि रेखाहरुबाट त्रिकोण, वृत, चक्र भएका प्रारम्भिक अतिरिक्त अनेक ऐतिहासिक तथा वैदिक कालिन औपनिषदि तथा उत्तर मध्यकालिन तत्वहरु पाइन्छ। मिथिला लोक चित्रकलामा अनुसन्धान गरेका जीतबहादुर रायमाझी लेख्छन – 'आधुनिक वैज्ञानिक आधारमा खोजी गर्दा सिन्धु घाटी सभ्यता माथि आर्यहरुले कब्जा गरेपछि आर्यसभ्यताको स्थापना र विस्तारकै प्रक्रियामा मिथिलाको स्थापनाकालमा उदाहरणहरु मोहन जोडदा हडप्या माटाका भाडाका अवशेषहरुमा पाइएका अंकित चित्रहरु र मिथिलाका झुपडिका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्तीको चित्र, पिपलको पात, दुई पट्टि सम्मुख चरा वा पशुको अंकित चित्र आदिसंग तुलना गर्न सकिन्छ ।यस यसैपरम्पराबाटकलामा ।यसैपरम्पराबाट विकसित हुदै लोकचित्रकला केही आधुनिक स्वरुप ग्रहण गरे । जसलाई मिथिला चित्रकला भनिन्छ । पहिलेको स्वरुपमा रहेको कलालाई अरिपन भनिन्छ, जो पावन तिहारमा प्रयोग गरिन्छ ।
मिथिला कलाको यसको छुट्टै मौलिकता छ । मानवीय अनुभुति यर्थात रुपचित्र यस शैली अन्तर्गत पर्दछन । प्रतीकात्मक र सांकेतिक विम्बहरुकै समष्टि मिलन रेखाबाट यस लोककलाले पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर प्रस्तुत गर्ने गर्दछ । भनिन्छ मिथिला कला नै त्यहाका जीवनशैलीका यर्थात नमुना हुन । यसको मौलिक विषेशता र जिवित परिपाटी हो । महिला शिल्पीहरुका अनुसार यसको कथा बुझेको छ र हात बसिसकेको छ भने एउटा कृति एकै दिनमा तयार हुन्छ । कलाकारमा लामो साधना अध्ययन वा कलाकारीतामा गहिराई पनि हुनु जरुरी छैन । तर यस्ता चित्रहरु त्यहा प्रत्येक अनिवार्य मानिन्छ ।<ref>{{cite web|url=http://ddcdhanusha.gov.np/ne/pages.php?page=4८|title=मिथिला कला परिचय | publisher='''जिविस धनुषा'''}}</ref>
"https://ne.wikipedia.org/wiki/मिथिला_कला" बाट अनुप्रेषित