"इन्डोनेसियाली भाषा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''इण्डोनेशियाई भाषा''' (Bahasa Indonesia) इण्डोनेशियाको अधिकारिक भाषा ह...
(कुनै भिन्नता छैन)

१८:४०, १४ मे २०१३ जस्तै गरी पुनरावलोकन

इण्डोनेशियाई भाषा (Bahasa Indonesia) इण्डोनेशियाको अधिकारिक भाषा हो। यो मलाय भाषा, एक अष्ट्रोनेशियाई भाषाको एक उत्कृष्ट बोली हो जुन सदियौं देखि इण्डोनेशियाई द्वीपसमूहको लोकभाषाको रुपमा प्रयोग हुँदै आइरहेको छ। इण्डोनेशिया विश्वको चौथो सबैभन्दा बढि जनसंख्या भयेको मुलूक हो। यस्को ठुलो जनसंख्या, जो धाराप्रवाह इण्डोनेशियाई भाषा बोल्छन धेरै छिटो १००% पुग्नै लागेको छ, जस्ले इण्डोनेशियाई भाषालाई विश्वमा धेरै बोलीने भाषा मध्य एक बनाउछ।

धेरै इण्डोनेशियाली छन जो राष्ट्र भाषा संग-संगै अर्को क्षेत्रीय भाषाहरुमा पनि धाराप्रवाह छन। (उदाहरणार्थ जावानी, सुंडानीमदुरी) जुन साधारणत: घरमा र स्थानीय समुदाय भित्र प्रयोग गरिन्छ। औपचारिक शिक्षा, लगभग सबै राष्ट्रीय मीडिया र सञ्चारको अन्य रुपहरु इण्डोनेशियाई भाषामा आयोजित हुने गर्छन। पुर्वी तिमोर, जुन १९७५ देखि १९९९ बीच इण्डोनेशियाको एक प्रान्त थियो, इण्डोनेशियाई भाषालाई कार्यकारी दुई भाषा मध्य एक भाषाको रुपमा स्वीकार गरी सकेको छ त्याहाँको संविधानमा यस भाषाले मान्यता पनि प्राप्त गरि सकेको छ। (दुई भाषा मध्य अर्को मान्यता प्राप्त कार्यकारी भाषा अड्रेजी हो), यी संग-संगै त्याहाँ अधिकारिक भाषा तेतुमपुर्तगाली पनि छन्। इण्डोनेशियाई भाषाको इण्डोनेशियाई नाम हो बहासा इण्डोनेशिया (Bahasa Indonesia) जस्को शाब्दिक अर्थ हो "इण्डोनेशियाको भाषा"। बहासा (Bahasa) चैं संस्कृतबाट लियेको हुनु पर्छ र भाषाको अपभ्रंश हुनु पर्छ।