"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन
सा (Bot: Migrating 10 interwiki links, now provided by Wikidata on d:q1341218 (translate me))
सा (स्वचालित हिज्जे सम्पादन)
{{wikify}}
 
'''गुरूङगुरुङ''' नेपालको मध्यमाञ्चल क्षेत्रका [[जातिगत]] समुह हुन्। गुरूङहरूगुरुङहरू मुख्यत: [[गण्डकी अञ्चल|गण्डकी]] अञ्चलमा बसोबास गर्दछन्, खासगरि [[लमजुङ जिल्ला|लमजुङ]], [[कास्की जिल्ला|कास्की]], [[तनहुँ जिल्ला|तनहुँ]], [[गोर्खा]], [[पर्वत जिल्ला|पर्वत]], [[स्याङ्जा जिल्ला|स्याङ्जा]] र [[अन्नपूर्ण हिमाल|अन्नपूर्ण]] हिमशृङ्खला आसपास [[मनाङ जिल्ला|मनाङ]] जिल्लाहरूमा। कोही [[बागलुङ]], [[ओखलढुङ्गा जिल्ला|ओखलढुङ्गा]] र [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] जिल्लाहरूमा र [[माच्छापुच्छ्रे]] आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि [[सिक्किम]] र [[भूटान|भुटान]]मा समेत बसेको अनुमान गरिन्छ।
 
[[सन् २००१|२००१]]को तथ्याङ्क अनुसार ५४३,५७१ गुरूङगुरुङ (तमु) (नेपालको कूल जनसङख्याको २.३९%) छन् जसमध्ये ३३८,९२५ तमु भाषा बोल्दछन्।
 
==उत्पति==
पच्यु, पैँडी चिब यारजङ क्रोँम्‍छैँ तमु र भोवर पाल्जें तमु
 
(बर्नार्ड पिग्नेडको छोटो समयमा ठूलो फ्रेन्च पुस्तकको काठमाडौंमा प्रकाशित अङ्ग्रेजी संस्करण द गुरूङ्समागुरुङ्समा संलग्न आखिरी अपेन्डिक्सको अनुवादित रूपान्तरण)
 
तमु वोन धर्म अन्तर्गत प्येताँ ल्हुताँ (शास्त्र तथा संस्कृति)मा वर्णित पौराणिक कथा, उपाख्यानहरूमा तमु जातिको ऐतिहासिक दर्पण संरक्षित छ। यी मौखिक प्ये (शास्त्र)हरू तमु पुरोहितहरू पच्यु र क्ल्हेप्रीले टिबेटो बर्मन भाषा परिवार अन्तर्गतका भाषा च्वों क्युई (शास्त्रीय भाषा ) र तमु क्युई (बोलीचालीको भाषा)मा पढ्दछन्। तमु धर्म शास्त्रमा तमु सभ्यताको शुरुवात देखिका कुराहरू समाबेस भएको पाइन्छ। त्यसमा मानव श्रृष्टि र प्रयोग गरिएका सामग्रीहरूको उल्लेख गरिएको समेत पाइन्छ। तमु खेगी (पुरोहित)हरूले त्‍हेँ(यज्ञ) गर्दा अझै पनि केही पौराणिक सामग्रीहरू प्रयोग गर्दछन्। लामो समय ब्यतित भए तापनि ती शास्त्रहरू परिवर्तन भएको देखिदैन। तिनले तमुहरूको पूर्खा अजि खे (खेकु, नौ जिज्यूहरू), अजिमा (माङि, सात जिज्यूनीहरू ) र आवा कारवो क्ल्हे, शक्ति गुरूहरूगुरुहरू, देव देबीहरू इत्यादि बारे जानकारी दिलाउछन्। जसमा परम् प्रभु क्ल्हेसोदी प्ह्रेसोदीको साथै अन्य शक्तिशाली गुरूहरूगुरुहरू पक्रे क्ल्हे र छयोपको आराधना गरिन्छ।
 
तमु शास्त्रले कसरी पहिले ठूलो ताल छेउको च्वों गाउमा बस्ती बस्यो जहा पहिलो अन्न जौ उमारिएको थियो भन्ने बताउछ। पछि कोही बसाईं सर्ने क्रममा स गाउ, त्हो गाउ, सि गाउगर्दै दक्षिणको गरम उर्बर गाउ क्रोंमा फिजिए। अनि उत्तरको च्वों गाउमा च्वोंभाषामा धार्मिक क्रियाकलाप बढ्यो भने तमु भाषा बोलिने दक्षिणको क्रोगाउमा कृषिजन्य क्रियाकलाप बढ्यो। यी दुई उत्तरी र दक्षिणी गाउ बीचका अन्य गाउहरूमा यी दुवैको मिश्रित प्रगति भयो। तमु शास्त्रमा आगोको अविस्कार, ढ्याङ्ग्रोको निर्माण आदि जस्ता थुप्रै अनि प्राचीन कथाहरू वर्णित छन्। तमु जातिको परापूर्खा माङि र खेकुले क्रमश ७ ताल र ९ चुचुरोको प्रतिनिधात्मक संज्ञा दिए जस्तो पनि लाग्दछ। प्रमाणित आधार नभए तापनि प्येताँ ल्हुताँमा वर्णित शुरुको च्वों गाउ परम्परागत कथनसग मिलाएर हेर्दा पश्चिम मंगोलियाको तीन पहाडी श्रृंखला बीच सातवटा ताल रहेको क्षेत्रमा पर्ने अनुमान हुन्छ। त्यसको दक्षिणमा शुरुको क्रोँ गाउँ तिब्बतको उत्तरमा, पश्चिम चीनको सिकियाङ प्रान्तको हो चिएको तुफान नामक क्षेत्रमा पर्ने आभास हुन्छ। ठूला तालहरूलाई मंगोलियामा नूर, पश्चिम चीनमा नोर र तिब्बतमा च्वों भनिन्छ।
चाम्डोबाट म्हिन कुगीहरू पश्चिम ल्होका क्षेत्रको यार्लुङ उपत्यकातिर लागे। त्यहा १०००बी.सी.तिर तिनीहरूलाई प्रचलित रूपमा तमु भनेर चिनियो र समयको अन्तरालमा पच्यु पुरोहित रहेको वोन धर्म (बुद्ध धर्म भन्दा अघिको) फस्टायो। त्यहा बाट केही पुरोहितहरूले च्वों नासा (गाउ ) तिर तीर्थाटन गरेको हुन सक्छ। तमुहरूको अर्को समूह ल्होकाको पश्चिमतिर बसाई सरेको हुनु पर्दछ। ल्होका क्षेत्रमा चेताङ ठाउ नजीक चन्ताङ गोसी भन्ने डाँडा छ। पच्चिस सय वर्षअघि त्यहा तिब्बती इतिहासमा वर्णित न्या (त्रि) चन (पो)सगको ऐतिहासिक भेट र तमु शास्त्रमा उल्लेखित न्ह चन (लम्बिएको कान वाला)को कथा ठ्याम्मै मेल खान्छ, एकै हो। गोठालाहरूले भेटेको एक्लो बलियो न्ह चन उनीहरूसगै मिलेर गाउमा बसे। उनले गाउलेहरूको खतरापूर्ण गाह्रो कामहरू सघाए। पछि उनलाई नोचन ह्रोँले चिनियो। उनलाई चाफि पामि्रस्यो कन्यासग विवाह गराई दिए। उनका सन्तानहरूलाई कोन्म थर भनियो।
 
१०० बी.सी.तिर पच्युहरूमध्येबाटै क्ल्हेब्री (क्यार वो)को उदय हुनु अघि नै यता तमुहरू मुस्ताङ क्षेत्रमा बसोबास गरिसकेको हुनसक्छ। उता चनपो राजपरम्पराको ३३ औं शक्तिशाली राजा स्रोङचोन गम्पो (६२९ - ६५० इ.सं.)को पालामा तिब्बत एकीकरण भयो र ल्होकाको राजधानी साङपो नदी पारी उत्तरतिर ल्हासामा सारियो। त्यस ताका पूर्वी सीमा क्षेत्रका थुप्रै मानिसहरूलाई सैनिक पेशामा भित्र्याइयो। वोन परम्पराको साथसाथै बुद्ध धर्म (लामावाद होइन) अङ्गालियो। पछि आठौं शताब्दीमा भारतीय बज्रयानी गुरूगुरु पद्म सम्भवले निग्मापा शाखाको लामावाद स्थापना गरे। उनले महायानी बौद्ध, वोन विश्वास (पञ्चदेव), हिन्दू संस्कार (गरुड पुराण) र बज्रयानी तन्त्रमन्त्र मिसाएर तिब्बती बुद्ध धर्म अर्थात् लामावाद लोकप्रिय बनाए। तिब्बतीहरूले बुद्धलाई भन्दा बढी उनलाई ॐ मनि पद्म हु भनी पूज्न थाले। राज्यसत्ताको आडमा लामावादीहरूले वोन्पोहरूलाई दबाब बढाए तापनि तिब्बतमा तेह्रौं शताब्दीसम्म वोन धर्मको प्रभाव बलियो रह्यो। जे भए तापनि स्रोङचन गम्पोको पाला भन्दा धेरै शताब्दी अघि तिब्बत छाडिसकेको हुनाले तमु वोन पुरोहितहरूले पढ्दा उनको बारेमा उल्लेख गरिएको पाइदैन।
 
तिब्बतको बुद्ध धर्म अघिको वोन धर्म प्रकृतिवादको धेरै उन्नत रूप थियो। त्यो अझै पनि प्येताँ ल्हुताँको नाममा तमु पुरोहितहरूमा संरक्षित छ। जिउदो मानिसहरूको निम्ति पाठ भए जस्तैः आत्मा, परमात्मा, देवदेवी, द्यौरालीहरूसग सम्बन्धित पूर्खाहरूको प्रायोगिक अनुभव र अनुभूतिको आधारमा पुरोहितहरूले बोक्सी, भूतप्रेत आदिको शक्तिलाई दमन गर्ने कुरासग यो सम्बद्ध छ। वोनवादले सम्पूर्ण जगतलाई तीन लोकमा बाडेको छ। मानिस मरे पछि उसको मृतात्माले लास छाड्छ र स्वप्नमय अदृश्यरूपमा रहन्छ भन्ने विश्वास गरिन्छ। पै (अर्घुं) यज्ञ गर्दा पुरोहितहरूको भूमिका मृतकको आत्मालाई पयमा गाइने स्यर्का गीतमा उल्लेखित मार्ग पछ्याउदै तिब्बत पार गरी क्वीन्घाई तिर पुगी उडाएर परापूर्खाको ठाउ , तरगी ल (खेमा नास/स्वर्ग)मा पुर्‍याई पितृसग लीन गराई दिनेहुन्छ।
क्होलमा प्येताँ ल्हुताँ (ठेट वोनवाद)को पुनरावलोकन भयो। शताब्दियौं लामो बसाई सराईको सन्नाटा पछि त्यहा केही सामयिक अध्यायहरू थपिए। मंगोलाइड आकृतिका तथा टिबेटो वर्मन भाषी तमु जातिका मानिसहरूले त्यहा त्यति बेलातिर आफ्ना शास्त्र, संस्कार, अर्घुं, कूलपूजा, यज्ञ, पार्क, ल्होसार, ढुकोर, रोदी आदि तथा संस्कृति र परम्पराको सुधारको निम्ति प्रयास गरे। यी जातीय विशेषताहरू हिन्दू आर्य जातीयता भन्दा पूर्णत भिन्न छन्।
 
मनाङ जिल्लाको मध्यउत्तर भागमा पर्ने नारमा पछि आएका तिब्बती वोन्पो लमसग पुरोहित्याइ सिक्न चिलि (सिक्लिस) बाट कोन्म थरका केही तमुहरू गएको बारे एक पौराणिक कथन छ। त्यहा बाट फर्कंदा सिकलाई पूरा भएकोलाई लम र नभएकोलाई लेम भनियो। तब कोन्महरू आ आफ्नो धेरै नजीकका भाइहरू समेटिएर कोन(नगएकाहरू) लम र लेम गरी तीन उपथरमा बाडिए। वोन्पो लम अनुयायी लम र लेमले पच्यु, क्ल्हेब्री अनुयायी कोनसग वैवाहिक सम्बन्ध गास्न थाले। वास्तवमा यी तीनै उपथरका सोंगीहरू एकै पूर्खाका सन्तान हुन्। यस बाहेक उनीहरूले आफ्नो दरिलो समूह बनाए। पछि चिलिको सामरी क्ले (घले) राजाको पालामा लम र लेमले घलेका छोरीहरू विवाह गरे भनिन्छ। पूर्खा बेग्लै भए तापनि कोनले घलेसग मुसेर दाजुभाइको नाता कायम राखी परम्परा बद्लेन। वोन्पो लमद्घारा गुरूगुरु भन्ने उच्च सम्मानको शब्द परिभाषित भयो र पछि अरु जात, जातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरूङगुरुङ शब्द प्रचारित भयो।
 
==जीवन शैली==
तमु र गुरूङगुरुङ एकै होः
 
कुनै पनि जाति भनेको उपाधि हो, जुन आदि पुर्खाले कमाएर वंशजमा हस्तान्तरण गरेको हुन्छ। यो कुरा गुरूङगुरुङ जातिमा पुष्टि भएको पाइन्छ। यो जातिलाई नेपाली भाषामा गुरूङगुरुङ भने पनि गुरूङलेगुरुङले गुरूङगुरुङ भाषामा आफूलाई तमु भन्दछ। स्व. टेकसिं प्हैमो तमुले केर्लोमा सफुती क्ह्याल्साका पहिला राजा क्रसिरीले दिएका निर्देशनहरूलाई बाह्रमहाबौद्धहरूले तमु भनी समर्थन गरेकाले पछि तिनका सन्तानको जातीय नाम थर नै तमु रहन गएको कुरा उल्लेख गरेका छन्। त्यस्तै तमु प्ये ल्हु संघका संस्थापक सदस्य हाल महानिर्देशक भोवर पाल्जै तमुले मनाङ जिल्लाको उत्तरी भेग नारमा तिब्बतबाट आई बसेको वोन्पो लम द्बारा तमुजातिलाई उच्च सम्मानको पद गुरूगुरु शब्द परिभाषित भयो र पछि अरु जातजातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरूङगुरुङ (गुरूकोगुरुको अङ्ध) शब्द प्रचारित भयो भनेका छन्।
 
सामाजिक व्यवस्थाः
 
तमुजातिमा मामा चेला फुपु चेला सोलीडोली चल्छ। त्यसैले नेपालको कानूनमा हिन्दू धार्मिक परम्परा अनुसार जेसुकै भए पनि गुरूङकोगुरुङको हकमा मामाको छोरी रोजीरोजी फुपूको छोरी खोजीखोजी बिवाह गर्ने परम्परालाई मान्यता दिएको पाइन्छ। जीव वैज्ञानिक (अनुवांशिक) दृष्टिकोणले उपयुक्त नभएकोले अचेल यसलाई छोड्नुपर्ने तर्क शिक्षित वर्गको छ। खेगी चोँगी र पैंडी यस जातिका सामाजिक व्यवस्थापनका अभिन्न अगं हुन्। खेगी पुरोहित, चोँगी जजमान (गन्यमान्य भद्रभलादमी) र पैंडी ज्योतिषी। सामाजिक काम कुरामा कुनै नयाँ कामको थालनी वा कामकाज गर्ने क्रममा विवाद पर्‍यो भने खेगी, चोंगी (जजमान भद्रभलादमी) र पैंडी (ज्योतिषी) सबै एकै ठाउँमा भेला भएर कस्तो प्रक्रियाले त्यो कार्य सम्पन्न गर्ने भन्ने कुराको निर्णय खेगीले गर्दछ। कुन चाहिं काम गरेमा सबैको भलो हुन्छ भन्ने कुराको निर्णय चोंगीले गर्दछ। कुन तिथि मिति पारेर कार्यारम्भ गरेमा शुभअशुभ के हुन्छ भन्ने कुराको निर्णय पैंडीले गर्दछ। तमु समुदाय राष्ट्र निर्माणको धरोहर बन्न सक्नुमा यिनै ऐतिहासिक परम्पराको पृष्ठभूमीले ठूलो योगदान पुर्‍याएको छ।
 
चाड पर्ब
 
जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरूङगुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्ट परम्परा अझैसम्म जीवित छन्। तमुको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तरगत, तमुहरूको मुल चाड पर्बहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (बैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।
 
'''बाजाहरू'''
 
गुरूङगुरुङ जातिका बाजाहरू धेरै प्रकारका छन्। कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन्।
 
==सस्कार==
तमुजातिको इतिहासको पहिलो पानामा पच्यु (स्यामाँ क्ह्रोलु) लाई जन्माएको छ भने पच्युको इतिहासबाट क्ल्हेब्रीको जन्म भएको छ र त्यसपछि पच्यु र क्ल्हेब्रीको इतिहासबाट बोन्पोलमको जन्म भएको छ। सबैलाई आआफ्नो कार्यको लागि शक्ति संरचना गरेको छ जुन शक्ति पञ्चमहाभूत शक्तिहरूको समग्र रूप हो। जसलाई तमुकी (चोंक्युई)मा सारगी ह्रोरै फैला करने क्ह्याला छ्योवा नामले पुकारिन्छ। यही शक्तिको शरणमा हामी क्ल्हेसोदी प्ह्रेसोंदीको प्रार्थना गर्दछौं, जसलाई शक्तिको मूल रूप (स्रोत) मान्दछौं। पच्युले यिनै शक्तिको आधार लिएर मोँ सैवा (ह्राँ स्योवा) अर्थात् मोंकु, चैंकु, ट्हीकु, थाकु, रिकु गर्ने गर्दछ र क्ल्हेब्रीले पनि यही शक्तिको आधारमा क्ल्हेसोंदी प्ह्रेसोंदी)को प्रार्थना गर्दै ह्रो स्योवा (क्याँ थोंवा) गर्ने गर्दछ। अर्को बेग्लै काम क्ल्हेब्रीले थाँ क्यारवा गर्दछ। पच्यु क्ल्हेब्रीले ह्राँ ह्रीँ पन्छाइसकेपछि क्याँ छोँवा (स्योवा) गर्दछ। पच्युले दुष्ट आत्म (मोँ) लाई तन्त्रमन्त्र लगाएर विधिपूर्वक मार्नुलाई मोँ सैवा ख्राल चैंवा क्याँ तेवा भनिन्छ भने क्ल्हेब्रीले नौ तालमा नाच्नु भनेको पच्युले मारेर ढली राखेका दुष्ट आत्महरूको लासलाई पन्छाउँदै बाटो सफा गर्नुलाई क्याँ थोँवा (स्योवा) भनिन्छ।
 
==तमु (गुरूङगुरुङ)का थर-उपथरहरू==
When the Tamu clan is used as a noun, postfix "mai"/"मै" must be added on the clan. i.e. Kaju = Kajumai/काजुमै. All except Tahmai/त्‍हमै (sakhati bhagi khalak) are regarded as Ngemai/ङेमै or Kutummai/कुटुम्‍मै. In the Tamu system, only Ngemai/ङेमै are allowed to marry. The Tahmai/त्‍हमै are not to marry each other as they are closely linked to the same ancesters route in one way or another.
 
*[http://www.allhotelsnepal.com/detail_news.php?id=33 Tamu Cultural Festival in December - Nepal]
* [http://www.cambridge.org/catalogue/catalogue.asp?isbn=0521800269&ss=exc A History of Nepal - Cambridge University Press]
* [http://www.harkagurung.org/] हर्क गुरून्ग्गुरुन्ग्
 
== Further reading ==
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/337404" बाट अनुप्रेषित