"छठ" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 6 interwiki links, now provided by Wikidata on d:q2671645 (translate me)
सा →‎इतिहास: स्वचालित हिज्जे सम्पादन
पङ्क्ति २७:
नेपालको तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक '''छठ पर्व''' मनाइन्छ। यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ। परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
===इतिहास===
सृष्टिको सुरुवातदेखिसुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। [[अग्नि पुराण]]मा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ। त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ। चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ।
 
===विधि===
"https://ne.wikipedia.org/wiki/छठ" बाट अनुप्रेषित