"रोल्पा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 2 interwiki links, now provided by Wikidata on d:q28597 (translate me)
सा स्वचालित हिज्जे सम्पादन
पङ्क्ति ३७:
 
==जिल्लाको इतिहास==
एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ। सेन राजा गजुलमा सुरुदेखिसुरूदेखि नै बसेको भने पाइदैन। गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ। उनीहरूले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजीकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए। यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरूको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो।
 
तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाइन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए। उनी निकै धार्मिक प्रकृतिका व्यक्ति थिए। उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाइ बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरूलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन्। उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह [[रुकुम जिल्ला|रुकुम]] दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो। त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए। तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए। उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो। त्यसरी भत्ता प्राप्त गर्नेअन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन्। उनको वि.सं. २०४९ सालमा मृत्यु भयो।
पङ्क्ति १०२:
{{राप्ती अञ्चलका जिल्लाहरू}}
{{नेपालका जिल्लाहरू}}
 
 
 
 
 
 
==सन्दर्भ सामग्री==