"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन
पङ्क्ति ४६:
 
== हावापानी र भू-उपयोग ==
उचाईको विविधतासँगै रामेछापको हावापानी र भू-उपयोगमा पनि प्रभाव परेको देखिन्छ। ४२६को कोलोन्जोरबाट सुरुसुरू भएको रामेछापको भूबनोट ६९५८ सम्मको उचाईसम्म पुग्दा विविध खाले हावापानी पाइन्छ। रामेछापको दक्षिणी भागमा अत्याधिक गर्मी हुने गर्दछ भने उत्तरी भाग निकै उचाईमा रहेकाले अत्यन्त चिसो क्षेत्र मानिन्छ। यस जिल्लाको औषत वाषिर्क तापक्रम ११.९ ० सेन्टिग्रेट र वर्षा मीमीसम्म रहेको छ।
यसरी हावापानीको विविधता र लेकबेसीयुक्त भू-बनोटका कारण रामेछापमा २१.४९ प्रतिशत मात्र जमित खेतीयोग्य मानिएको छ। यहाँका २७.७६ प्रतिशत क्षेत्र वनजंगलले ढाकेको छ। यहाँका २४.३२ प्रतिशत क्षेत्र घाँसे तथा चरण क्षेत्र र १० प्रतिशत भाग चट्टान तथा हिउँले ढाकेको छ भने १५.८३ प्रतिशत क्षेत्रमा मानव वस्ती तथा बाँझो रहेको छद्ध। यस जिल्लाका जनताको जीवनयापन कृषि नै हो। बस्तुभाउ पाल्नु र कृषिमा लाग्नु यहाँका जनताको दैनिकी हो। रामेछापमा खेतीका रूपमा धान, मकै, कोदो, फापर, गहुँ आदि हुने गर्दछ। फलफूलतर्फ जुनार रामेछापको प्रसिद्ध छ तर अन्य फलफूल पनि प्रशस्तै हुने गर्दछ। रामेछापमा कुल कृषियोग्य जमीन मध्ये सिँचित क्षेत्र २७.६९ प्रतिशत मात्र रहेको छ।
 
पङ्क्ति ८०:
पर्यटन रामेछापका लागि राम्रो अवसर हो। तर, साधन र श्रोतको उचित परिचालन हुन नसक्दा पर्यटन रामेछापका लागि परिचित हुन सकेको छैन। विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश रामेछाप क्रस गरेपछि मात्र हुन्छ। नाम्चे, लुक्ला गए पछि्यटकहरूको एक रातको बसाई रामेछापकै शिवालय हो।
लिखु, सुनकोसी, खिम्ती, तामाकोसीजस्ता नदीहरूमा र्‍याफि्टङ्ग सञ्चालन, ६९५८ मिटर अग्लो नुम्बुर हिमश्रृङ्खला, ३१०६ मिटर अग्लो तामेजस्ता क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न सकिए रामेछापमा पर्यटन व्यवसाय बन्न सक्ने पक्का छन्।
अझ पाँचपोखरी, जटापोखरीजस्ता क्षेत्रलाई पर्यटन रुटमा राख्न सक्ने हो भने राजधानीबाट ६ घण्टाको दूरीमा रहेको ऐतिहासिक बजार ठोसे जस्ता क्षेत्र पर्यटनका लागि उपयुक्त हुन सक्दछ। रामेछापमा प्राकृतिक, जल, हिमाली र धार्मिक पर्यटन प्रवर्द्धनका लागि धेरै काम गर्न सकिने अवस्था विद्यमान छ। यसका लागि रामेछापका केही युवाको पहलमा ठोसे-पाँचपोखरी पर्यटन विकास समिति गठन गरी केही प्रचारात्मक क्रियाकलापको सुरुवातसुरूवात भने भएको छ। यसमा सम्बद्ध निकायले उचित ध्यान पुर्‍याउने हो भने रामेछापको आर्थिक विकासमा महत्वपूर्ण सावित हुने पक्का छ।
 
== शिक्षा र स्वास्थ्य ==