"माघी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (67)
सा स्वचालित हिज्जे सम्पादन, added underlinked tag
पङ्क्ति १:
{{Underlinked|date=मे २०१३}}
 
'''माघी''' नेपालमा बसोबास गर्ने [[थारू]] समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई [[थारू जाति|थारू]]हरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ।
 
Line १५ ⟶ १७:
'''सम्बन्ध प्रगाढ बनाउने दिन'''
 
माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ। यसलाई सेवाढोग वा सेवा सलाम लग्ना भनिन्छ। यो प्रक्रिया घरबाट सुरुसुरू भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ। जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ। मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्ने गर्दछन्। यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ। कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ। त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रूपमा पनि लिइन्छ।
 
'''नयाँ आर्थिक वर्ष'''
 
माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ। पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरुसुरू गर्ने प्रचलन छ। माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ।
 
'''घरसल्लाह गर्ने पर्व'''
"https://ne.wikipedia.org/wiki/माघी" बाट अनुप्रेषित