"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
पङ्क्ति २३:
==‍‍ भित्री अंगहरू ==
=== योनिमार्ग ===
{{main|योनिमार्ग}}
'''[[:en:vagina|योनिमार्ग]]''' योनिद्वार पाठेघरको मुख सम्म फैलिएको हुन्छ। यसको भित्ता तन्किनेखालको मांसपेसीले बनेको हुन्छ अर्थात यो एउटा तन्किने खालको मांसपेसीले बनेको हुन्छ। यो महिलाको दुई तिघ्राको कापमा गुदद्वार र मुत्रमार्गको बीचमा अगाडीबाट माथी तिर उठदै पछाडी तिर लगभग ४५ डिग्री कोण बनाई तेर्सो परेको हुन्छ। सामान्यतया योनिमार्गको लम्बाई ७ देखि १० से. मि. र चौडाई ४ देखि ७ से. मि. हुन्छ। यसले मुख्यतया बच्चा जन्माउने, महिनावारी हुंदा रगत बग्ने र बिपरीत लिङ्ग बीच यौन सम्पर्कको लागि मार्ग तथा बाह्य र भित्री प्रजनन अंगहरूलाई जोड्ने कार्य गर्दछ।
[[Image:Illu cervix.jpg|right|thumb|स्त्री प्रजनन प्रणालीमा भाग लिने भित्री अंगहरू]]
 
=== पाठेघर ===
{{main|पाठेघर}}
'''[[:en:Uterus|पाठेघर]]''' स्त्री प्रजनन प्रणालीको प्रमुख अङ्ग हो। बोलिचालिको भाषामा यसलाई बच्चादानी पनि भनिन्छ। यसको माथिल्लो भाग डिम्ब बाहिनी नलि सँग तल्लो भाग अर्थात यसको मुख योनिमार्गसँग जोडिएको हुन्छ। योको बीचमा रहेको खाली थैली जस्तो अङ्ग हो। यसको माथीको भाग फुकेको र चौडा तथा तल्लोभाग साँगुरीएको हुन्छ। यो साँघुरीएको भागलाई पाठेघको मुख भनिन्छ। सामान्यतया पाठेघरको आकार ७ से. मि. लामो, ५ से. मि. चौडा र २.५ से. मि. मोटो हुन्छ र तौल ६० देखि १५० ग्राम हुन्छ।
 
=== डिम्बबाहिनी नली ===
{{main|डिम्बबाहिनी नली}}
'''[[:en:Uterine tube|डिम्बबाहिनी नली]]'''लाईनलीलाई बीजबाहिनी नली वा अण्डबाहिनी नली पनि भनिन्छ। डिम्बबाहिनी नलीहरू महिला स्तनधारिहरूको दुबै अण्डाशयलाई पाठेघरसँग जोड्ने प्रमुख नली हुन। यि नलीहरू पाठेघरको माथिल्लो भागबाट दुबै पट्टि दायाँ र बायाँ निस्केका हुन्छन्। सामान्यतया यसको लम्बाई १०-१२ से.मि. र मोटाइ ०.३ से.मी. हुन्छ। डिम्बबाहिनी नलीको भित्री सतह Ciliated Epithelial तन्तुले बनेको हुन्छ, जसमा Cilia रहेका हुन्छन्। यिनै Ciliaले डिम्बलाई पाटेघर सम्म जानमा मद्दत गर्छन।
 
एक परीपक्व डिम्ब अण्डाशयबाट खसे पछि डिम्बबाहिनीको बाटो हुदै पाठेघर सम्म पुग्ने गर्छ। यसरी अण्डाशयबाट पाठेघर सम्म पुग्न डिम्लाबई घन्टौ या दिन पनि लाग्न सक्छ।