"पेत्रा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Migrating 65 interwiki links, now provided by Wikidata on d:q5788 (translate me) |
सा हिज्जे मिलाउँदै |
||
पङ्क्ति ४८:
}}
'''पेत्रा''' ([[Greek]]: "πέτρα" (petra), meaning ''rock''; [[Arabic language|Arabic]]: البتراء, ''Al-Batrāʾ'')जोर्डनको ऐतिहासिक तथा पुरातात्विक महत्वको सहर हो । यो सहर चट्टानमा कुँदिएका कलाकृति तथा तत्कालिन समयमा जल प्रवाहका लागि निर्माण गरिएका सुरुङहरूका लागि प्रख्यात छ । यशुको जन्मभन्दा करीब ६०० बर्ष पहिले नबाताइन्स राज्यको राजधानी सहरको रूपमा स्थापना भएको मानिने पेत्रा जोर्डनको पहिचान मात्र नभएर सबैभन्दा बढी
स्विस खोजकर्ता जोहान लडविङ बर्खार्डले सन् १८१२मा विश्वमाझ परिचित गराउनु पूर्व यो सहर पश्चिमाहरूको लागि अज्ञात थियो । जोन विलियम बर्गनको Newdigate Prize जित्न सफल एक कवितामा पेत्रालाई "आधा समय जतिकै पुरानो, गुलाफ झैं रातो" सहरका रूपमा चित्रित गरिेएको छ । त्यस्तै युनेस्कोले "सम्पूर्ण मानव समुदायको बहुमुल्य सांस्कृतिक सम्पदाहरूमध्ये एक सांस्कृतिक धरोहर"को रूपमा ब्याख्या गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले पेत्रालाई "मानिसले मर्नुभन्दा पहिला भ्रमण गर्नैपर्ने ४० स्थानहरू"को सूचीमा समेत समावेस गरेको छ ।
==भौगोलिक अवस्थिति==
लेखक तथा
यो क्षेत्रमा गरिएका उत्खननबाट प्राप्त तथ्यहरूका अनुसार नबाताइन्सका बासिन्दाहरूको पानीको प्रवाहलाई नियन्त्रण गर्ने अद्भुत क्षमताले नै मरुभूमीमा कृतिम मरुद्यानको रूपमा यो सहरलाई स्थापित गराएको हो । पुरातात्विक अध्ययन तथा अनुसन्धानबाट पेत्राका बासिन्दाहरूले बाँध, नाली तथा पोखरीहरूको उपयोग गरेर यहाँ आउने आकस्मिक बाढी नियन्त्रण गर्ने गरेको तथ्य पत्तालागेको छ । पेत्राबासीहरू यही प्रविधिको प्रयोग गरी संकलन गरिएको पानी लामो खडेरीको समयमा प्रयोग गर्ने तथा मरुभूमीको यात्रामा रहेका व्यापारीहरूलाई बेचेर उपयोग गर्ने गर्दथे ।
प्राचिन समयमा मानिसहरू दक्षिण तर्फबाट जबाल हारुन(आरोनको पर्वत) वा उत्तर तर्फको उच्चसमस्थली हुँदै पेत्राको मैदानी भूभागसम्म पुग्नेगर्दथे । तर आजभोलि मानिसहरू पूर्वी बाटोको प्रयोग गर्ने गर्दछन । पेत्राको पूर्वी प्रवेश मार्ग पत्रेदार चट्टानमा दरार परेर प्राकृतिक
यो खजानागृहको केही पर पहाडको फेदीमा एउटा एन-नेज्र नामक भव्य रंगशाला छ । सकेसम्म वरिपरि रहेका धेरैभन्दा धेरै समाधिहरू देख्न सकिनेगरी यो रंगशालाको निर्माण गरिएको छ । यही स्थानबाट अरबाह उपत्यकाको समथर भूमी सुरुहुने भएकोले, यो स्थानबाट सहरका मनोरम दृष्यावलोकनगर्न सकिन्छ ।
|