"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 6 interwiki links, now provided by Wikidata on d:q2003866 (translate me)
सा हिज्जे मिलाउँदै
पङ्क्ति ४:
 
'''सुगौली सन्धि''' नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा [[:en:British East India Company|ब्रिटिश ईष्ट इण्डिया कम्पनी]] र [[नेपाल]] बीच २ डिसेम्बर १८१५मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू [[गजराज मिश्र]] र [[चन्द्र शेखर उपाध्याय]] तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस् ब्राड्श थिए।
 
 
सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रांसका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत [[सिक्किम]]को क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग [[कुमाउँ]](वर्तमान उत्तराखण्ड), [[गढवाल]](वर्तमान उत्तराखण्ड), [[सतलज नदी]]को पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा(वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।
 
तराई क्षेत्रका केही भागहरू सन् १८१६मा नेपाललाई फर्काइयो र सन् १८५७को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका [[बाँके]], [[बर्दिया]], [[कैलाली]] र [[कञ्चनपुर]]) सन् १८६५ मा१८६५मा नेपाललाई फर्काइयो जसलाई [[नयाँमुलुक]] भनिन्छ।
 
तराई क्षेत्रका केही भागहरू सन् १८१६मा नेपाललाई फर्काइयो र सन् १८५७को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका [[बाँके]], [[बर्दिया]], [[कैलाली]] र [[कञ्चनपुर]]) सन् १८६५ मा नेपाललाई फर्काइयो जसलाई [[नयाँमुलुक]] भनिन्छ।
 
नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि [[एडवार्ड गार्डनर]] नैं प्रथम पश्चिमी प्रतिनिधि भए। उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई [[लाजिम्पाट]] भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन्। सुगौली सन्धिलाई सँच्याउने अर्को [[सदाको निम्ति शान्ति एवं मैत्री सन्धि]] डिसेम्बर १९२३मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो। भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो।
Line २५ ⟶ २३:
 
== सन्धिको वैधता==
१. सन्धिको अनुच्छेद ९मा राजाद्वारा सन्धि मंजूर् गरिनु पर्ने कुरा लेखिएको थियो तर राजा [[गीर्वाण युद्ध बिक्रम]]बाट यस्तो गरेको कुनै रिकर्ड छैन। <ref>http://indiamadhesi.files.wordpress.com/2008/11/what-is-sugauli-treaty.pdf </ref>
 
२. ब्रिटिशलाई नेपालले सन्धिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र सन्धिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पियो!
Line ६० ⟶ ५८:
*[http://www.nepalicongress.org.np/contents/nepal/treaties/2.php Treaty Text and Related Documents]
*[http://www.nepaldemocracy.org/documents/treaties_agreements/nep_india_open_border.htm Indian-Nepalese Border]
 
 
==अङ्ग्रेजीमा पढ्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सुगौली_सन्धि" बाट अनुप्रेषित