"प्याज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
}}
'''प्याज''' तरकारी/सब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटामनि फल्छ। प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ।
 
नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८० हेक्टर जमिनमा प्याज उत्पादन भयो। देशभरको प्याज क्षेत्रफलको एक चौथाइ हिस्सा सप्तरी जिल्लाले ओगटेको छ। आव २०६७/६८ मा उत्पादित कुल दुईलाख ६३ हजार ५३६ टनमध्ये ७७ हजार ६४८ टन सप्तरीमा उत्पादन भएको थियो। प्याज उत्पादनमा सप्तरीपछिका जिल्लामा क्रमशः बारा, सिरहा र रूपन्देही छन्। हिमालपारिका मुस्ताङ र मनाङमा पनि वार्षिक १६ टन प्याज फल्ने गरेको छ।प्याज नेपालको तरकारी बालीमा काउली र बन्दापछि तेस्रोमा पर्छ। प्याज जति उत्पादन भए पनि आसपासका बजारमा सजिलै खपत भइरहेको छ। शहरी क्षेत्रमा बढ्दो माग धान्न आयातमै भर पर्नुपर्ने अवस्थाले अभियानकै रूपमा प्याज उत्पादन गरे बजारको खाँचो नपर्ने भन्ने देखाउँछ। राजधानी काठमाडौंको कालीमाटी तरकारी बजारमा ९५ प्रतिशत प्याज भारतबाट आइरहेको छ। भारतमा प्याज महँगो वा आयातमा अवरोध हुँदा चीनबाट पनि ल्याइन्छ।
 
*[[http://nepalihimal.com/article/960]]-प्याज मिशनः हात्ती आयो फुस्सा!
 
{{तरकारीहरू}}
"https://ne.wikipedia.org/wiki/प्याज" बाट अनुप्रेषित