"कपासे" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: लेकाली घाँसका चहुरमा कसैले नौनीको डल्लो लुकाए जस्तो देखिने यो...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
लेकाली घाँसका चहुरमा कसैले नौनीको डल्लो लुकाए जस्तो देखिने यो बिरुवा ४ हजार मिटर भन्दा उच्च क्षेत्रमा बादल भन्दा माथिको जाडो खप्न न्यानो कपासभित्र गुटमुटिएको हुन्छ। जनैपूर्णिमाको मेला भर्न गोसाइँकुण्ड जाने तीर्थालुहरू यसलाई सिलुस्वाँ (नेपाल भाषा) भन्दछन्। त्यहाँ जम्मा हुने धामीझाँक्रीहरू औषधोपचारका लागि यो बिरुवा बटुलेर लैजान्छन्। कपासे फूल भूतप्रेत भगाउन मात्र हैन स्त्रीरोगमा समेत प्रयोग हुन्छ। वनस्पतिशास्त्रले यसको नाम 'ससुरिया गोसिपिफोरा' निर्धारण गरिदिएको छ। आकृति विशेषले यसलाई सूर्यमुखी फूलको परिवारभित्रको बिरुवा भन्न वा मान्न गाह्रो पर्दछ।नेपालका कपासकै भकुण्डो जस्तो देखिने यो वनस्पतिलाई नौनी फूल पनि भनिन्छ।
 
[[File:Saussurea pygmaea.jpg|thumb]]
[[en:Saussurea]]
 
 
[[श्रेणी:जडीबुटी]]
"https://ne.wikipedia.org/wiki/कपासे" बाट अनुप्रेषित